मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली पत्रकार तथा व्यबसायीसँग ड्यालसमा छलफल

नेपाली पत्रकार तथा व्यबसायीसँग ड्यालसमा छलफल


हिमालय खबर संबाददाता 
ड्यालस (अमेरिका)–' प्रवासमा रहेका नेपालीहरूले  आफ्नो आर्जनको केही अंश देशमा लगानी गर्नु आवश्यक छ , तर पुँजी सँगसँगै यहाँ आर्जन गरेको कानुन व्यवस्था, सु-शासनका बुद्धि-विचार पनि लगानी गर्नु अझ जरुरी भएको छ I 
 
नेपालमा सरकारको अस्थिरता र त्यसका कारणले झांगिदै गएको अव्यबस्थाले समाजको प्रत्येक अङ्ग प्रभावित वनेको छ I सम्भावनाको प्राचुर्यताका बाबुजूद नेपाल क्रमश: असफल राष्ट्र बन्नेतिर अग्रसर हुँदैछ I यो परिस्थितिलाई अन्त्यन्त गम्भीरताका साथ लिनु र निराकरण तिर लाग्नु स्वदेश – विदेश सबै तीरका नेपाली हरुको दायित्व हो I '
 
अमेरिका भ्रमणमा रहेका नेपाली पत्रकार तथा व्यबसायीहरुसँग ड्यालसका स्थानीय नेपाली व्यबसायीहरुको संस्था यति चेम्बरले आयोजना गरेको ‘चेम्बर मिक्स’ कार्यक्रममा उक्त तथ्यप्रति सबै एकमत देखिएका थिए । ड्यालसमा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरही, देशान्तर साप्ताहिका प्रधान सम्पादक कविर राणा तथा नेपालका अग्रणी विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले अमेरिकामा नेपाली व्यवसायीले पछिल्ला समयमा हाँसिल गरेको आर्थिक प्रगति साँच्चिकै लोभलाग्दो रहेको चर्चा गरेका थिए ।
 
कार्यक्रममा यति चेम्बरका अध्यक्ष वासुदेव भण्डारीले नेपाल च्याम्बर अफ कमर्शका कोषाध्यक्ष राजेन्द्र अर्याल तथा नेपाली समाजका टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले वरिष्ठ पत्रकार हरिहर विरही तथा देशान्तरका प्रधान सम्पादक राणालाई सम्मान गर्नुभएको थियो । 
 
 रात्रीभोज सहितको छलफलमा ड्यालसका प्रतिष्ठित नेपाली व्यबसायीहरु हरिबोल भण्डारी, राम सी पोखरेल, गौरी जोशी, उत्तम लामिछाने, कपिल अधिकारी, कमल सापकोटा, गोकर्ण दाहाल, रमेश पोखरेल, कमल सत्याल, अमृत सापकोटा, सीता कोइराला, प्रेम अधिकारी, मनोज सिग्देल, भैरब अधिकारी,विजय भट्टराई, धनन्जय ढकाल, सुरेश पोखेरल, सुशील क्षेत्रि, निरोज पन्त, सबिता भट्टराई, वेद बस्नेत,दिवस थापा, केशव लामिछाने,विकास उप्रेती   ओम भट्टराई, साजन मुल्मी, भगवान् मैनाली, सुवर्ण पोखरेल, सुशील संग्रौलालगायतको  उपस्थिति थियो । 
 
व्यापारमा पूंजी प्रवाह विषयक अन्तर क्रियात्मक  कार्यक्रम समेतको उक्त च्याम्बर मिक्समा उपस्थित नेपालीहरूले नेपालको आर्थिक अवस्था, राजनीतिक भविष्यका बारेमा अतिथिहरुसँग गहिरो चासो राखेका थिए ।

शेयर गर्नुहोस:

0
Shares