नेपालीहरूको अमेरिकामा रहेको सबैभन्दा जेठो संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को अध्यक्ष रोजर अधिकारीले राजिनामा दिनुभएको छ ।
गत अगष्ट १४ मा कार्यकारिणी समिति समक्ष उहाँले पेश गर्नुभएको राजिनामा सोही दिनबाट लागु हुने गरी कार्यकारिणी समितिले स्वीकृत गरेको छ । समितिले बिधानतः वरिष्ठ उपाध्यक्ष डा. शम्भु ढुंगानालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
एएनए कार्यकारिणी समिति यस प्रकार रहेको छ:
.png)
अध्यक्ष: डा. शम्भु ढुंगाना
वरिष्ठ उपाध्यक्ष: खगेन्द्र अधिकारी
उपाध्यक्ष: विजयराज भट्टराई (अमेरिका)
उपाध्यक्ष: मित्र काफ्ले (क्यानडा)
महासचिव: डा. अनुप श्रीवास्तव
कोषाध्यक्ष: डा गम्भीर श्रेष्ठ
इन्फर्मेसन अफिसर: डा तुलसी जोशी
बोर्ड अफ डाइरेक्टर: रमेश गुरुङ, जय मण्डल, श्याम सेढाई, श्रीधर कंडेल र नारायण श्रेष्ठ
गत जुलाई १ देखि ४ सम्म एटलण्टामा सम्पन्न भएको ३३ अाैं राष्ट्रिय सम्मेलनकै समयमा रोजर अधिकारीले सम्मेलन पश्चात् राजीनामा गर्ने अनौपचारिक घोषणा गर्नु भएको थियो।अब बिधानत निबर्तमान अध्यक्ष रोजर अधिकारी एएनएको बोर्ड अफ ट्रस्टि सदस्य हुनुभएको छ।
सन् २००७ देखि एएनएमा सक्रिय डा ढुंगाना; उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष हुनुभएको हो। उहाँकैकै नेतृत्वमा ३३ सौ राष्ट्रिय सम्मेलन एटलण्टामा भव्य सम्पन्न भएको थियो। बैठकले हालका एक उपाध्यक्ष खगेन्द्र अधिकारीलाई सर्वसम्मत वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । त्यसैगरि क्यानडा राज्य हेर्नका लागी बिधानत बोर्ड सदस्य मित्र काफ्ले लाई उपाध्यक्ष चयन गरेको छ।
सन १९८३ मा स्थापना भएको ए.एन. ए. उत्तर अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा ठुलो संस्था हो। यसले अमेरिका तथा क्यानडा दुवै मुलुकमा नेपालीहरूको प्रतिनिधित्व गर्दछ। हाल पाच सय लाइफ मेम्बर रहेको यस संस्था ले नै अमेरिकामा नेपालीहरूको संस्थागत विकास को सुरुवात गरेको हो।









प्रतिक्रिया