न्युयोर्क । अमेरिकामा नेपाली आप्रवासीहरुको अधिकारका लागि क्रियाशिल संस्था ‘अधिकार‘की संस्थापक लुना रञ्जितले १ लाख अमेरिकी डलर (झण्डै १ करोड नेपाली रुपैया) को पुरस्कार पाउने भएकी छिन् ।
रञ्जितले नेपालीभाषी आप्रवासीको अधिकारका लागि गरेको योगदानलाई सम्मान गर्दै ग्रिनेल कलेजले यस वर्षको पुरस्कार उनलाई र उनको संस्थाका नाममा दिएको छ । सामाजिक न्यायका क्षेत्रमा हासिल गरेका उपलब्धीको सम्मान गर्दै अमेरिकी कलेजले यो पुरस्कार प्रदान गर्दै आएको छ ।
ग्रिनेल कलेजले पुरस्कारका लागि दुईजना विजेताहरु छानेको छ । दुईजना विजेताहरुमध्ये एकजना लुना रञ्जित हुन् भने अर्को विजेताका रुपमा एस्मार्टका संस्थापकहरु डायना जु र ज्याकी स्टेनसनलाई संयुक्त रुपमा पुरस्कार दिइने भएको छ ।
अर्को वर्षको अक्टुबर ४ तारिखमा उनलाई प्रदान गरिने यो पुरस्कार कलेजले ५० हजार अमेरिकी डलर संस्थाका लागि र ५० हजार अमेरिकी डलर ब्यक्तिगतरुपमा प्रदान गरेको समेत जनाएको छ ।
प्रतिक्रिया