मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानडा सरकार विदेशी कामदार बढाउने पक्षमा

क्यानडा सरकार विदेशी कामदार बढाउने पक्षमा


यदि क्यानडाका इमिग्रेशन मामिला सम्बन्धी मन्त्री जोन क्याक्लुमको भनाई अनुसार काम भए विगतमा भन्दा धेरै विदेशीले क्यानडामा काम गर्नका लागि प्रवेश पाउने छन् । 
 
ढल्कंदो उमेरका वृद्धका जनसङ्ख्यामा वृद्धि र जनशक्तिको अभाव झेलिहरेको हालको अवस्थालाई दृष्टिगत गर्दै इमिग्रेशन मन्त्री क्याक्लुमले फिलिपिन्समा गत शुक्रवार आयोजित क्यानडा चेम्बर अफ कमर्शको कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन् ।
 
फिलिपिन्सको अर्थतन्त्र विदेशमा गएका कामदारले पठाएको पैसा रेमिट्यान्समा मा निर्भर छ । क्यानडाको सरकारी निकायको तथ्याङ्क अनुसार फिलिपिन्स क्यानडामा जनशक्ति पठाउने मुख्य स्रोत देश हो ।
 
नेपालले पनि क्यानडामा कामदार पठाउन पहल गरिरहेको छ । केही साता अघि नेपाली राजदूत कालिप्रसाद पोखरेलले त्यहाँको सरकारी अधिकारी समक्ष यसका नेपाली जनशक्तिलाईपनि क्यानडामा काम दिन अनुरोध गरेका थिए । त्यहाँका रोजगारदातालाई पनि दूतावासले नेपालीलाई लिन आग्रह गरिरहेको छ । नेपाली प्रति रोजगारदाताहरु सकरात्मक छन् । तर, यसका लागि सरकारी तर्फबाट अझ पहलको आवश्यकता पर्छ ।
 
भौगोलिक रूपमा निकै ठुलो देश भए पनि क्यानडाको जनसङ्ख्या जम्मा ३ करोड ६० लाखको हाराहारीमा मात्र छ । क्यानडाले प्राय दक्ष जनशक्ति लिने गरेको छ । नेपालबाट पनि राम्रो शैक्षिक योग्यता, काम अनुभव भएका थुप्रै नेपाली क्यानडामा स्थायी बसोबास गर्छन् । त्यहाँ कृषि लगायत अन्य थुप्रै क्षेत्रमा श्रमिक अभाव छ ।
 
किन क्यानडाले ठुलो सङ्ख्यामा अप्रावासी जनशक्ति नलिने ? मलाई लाग्छ अहिले हामीले यो गर्नु पर्छ म्याक्लुमको भनाई उदृत गर्दै सीवीएस न्यूजले जनाएको छ । 
 
गत साता सुरु मन्त्री म्याक्लुम चीनको वेजिगंमा थिए, त्यहाँ उनले क्यानडाको भिसा प्रक्रियालाई अझ बढी सहज बनाउन कार्यालय थप गरिने बताएका थिए । त्यहाँबाट बढी दक्ष जनशक्ति आकर्षित गर्न क्यानडाले बढी भिसा प्रोसेसिगं कार्यालय राख्न खोजेको हो । 
 
क्यानडाकोे वर्तमान जस्टिन टुडो सरकारको अप्रावासी सङ्ख्या बढाउने नीति छ । सन् २०१६ मा २ लाख ८० देखि ३ लाख ५ हजार सम्मलाई स्थायी बसोबास अनुमति पीआर दिने टुडो सरकारको योजना छ । यो सन् २०१५ को तुलनामा २० हजारले बढी हो । युवा प्रधानमन्त्री टुडो विगतको सरकारभन्दा अप्रावासी प्रति बढी उदार देखिएका छन् । सिरियाली शरणार्थी भित्राउने निर्णय गरेर टुडो सरकारले विश्वभर प्रशंसा पाएको थियो ।
 
मन्त्री म्याक्लुमले क्यानडामा अप्रावासी कामदार बढाउने बारेमा अन्तिम निर्णय मन्त्रीहरुको बोर्डले गर्ने बताएका छन् । तर, आफ्नो तर्फबाट अप्रवासी कामदारका पक्षमा बुझाउन पहल पनि भइरहेको उनले जनाएका छन् ।
 
मन्त्री म्याक्लुम अप्रवासीलाई क्यानडामा आउन सजिलो बनाउने एक्प्रेस इन्ट्रिलाई अझ सरल बनाउने पक्षमा छन्् । अहिले सरकारले त्यहाँको श्रम बजारमा विदेशी कामदार लिंदा पर्ने असरवारे अध्ययन गरिरहेको छ । विशेष गरी अस्थायी अवधिका लागि कामदार ल्याउने प्रकृयालार्य सरल बनाउने पक्षमा त्यहाँको सरकार छ । 
 
श्रमिक मात्र होइन विदेशी विद्यार्थीलाई ल्याउन इमिग्रेशन प्रक्रियालाई सरल गर्ने जस्ता कार्यहरू गरी अहिलेको अभावलाई पनि कम गर्न सकिने धारणा म्याक्लुमले व्यक्त गरेका छन् ।