मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

आफ्नै सपना भित्र जीवन र जगतको मार्ग कोर्दै पूर्वीय दर्शन

आफ्नै सपना भित्र जीवन र जगतको मार्ग कोर्दै पूर्वीय दर्शन


पश्चिमा जगत विज्ञानको चरम उत्कर्षमा पुगेको छ । कम्प्युटर जस्ता आधुनिकताले संसारको भूगोल  साँघुरयाको छ । हरेकोको दैनिकीलाई सरलताका साधनहरुले बाँधेको छ । ब्यस्तता बिचको भिडमा मान्छेहरू हरेक पटक एक्ली रहेकाछन । यस अर्थमा कि कसैलाई कोहीको साहारा बन्ने र बोल्ने समय छैन । जसमा नानी देखि युवाहरू डिजिटल सहाराले बाँचेका छन् । कप्म्यूटर र ईलेक्ट्रोनिक साधनहरू वालवालीकाहरुको धाईआमा बनेकाछन । 
 
आज यो विज्ञानको सफलता सँगै बढेका चुनौतीको सामनता गर्ने विकल्प मध्येको एक हो –पूर्वीय दर्शन ।  “जसरी मैनबत्ती आगोबिना बल्न सक्दैन, त्यसै गरी मानव आध्यात्मिक ज्ञान बिना जीवन जिउन सक्दैनन” भन्ने बुध्दको दर्शन बोकेको पूर्वीय दर्शनले मान्छेलाई जीवन र जगतको मर्म बुझाई जिउन सिकाउने कला उपलब्ध गराउन्छ । भौतिकबादले जीर्ण गराएको मानवतावादमा आत्मियता, विश्वबन्धुत्व, मानवधर्मको रक्त सञ्चार गराई जीवनलाई सफलताको सफरमा सहयोगी पथप्रदर्शक बन्न सहयोग गर्छ । भने जटिल र एकल बन्दै गएको ब्यक्तीवादी सोचमा सेवाको भावना पैदा गर्छ । 
 
अहिले हाम्रो जीवनलाई भौतिकवातावरणले धेरै सहजता दिएको छ । मान्छेहरू पहिलेको भन्दा अल्छी बन्दै क्षणिक भौतिक सुविधाले शाररीक स्वस्थ्यता गुमाई रहेकाछन । बालक होस कि युवा हामीलाई समाज, साथीभाई, समुदाय र परिवारमा कसरी धुलमिल हुने भन्ने समस्याहरुले चुनौती दिई रहेको छ । आज हाम्रो परम्पराले चाहेको परिवारसंगै बसेर रमाउदै आफ्ना दुःख सुखका कुरा गर्दै खाना खाने, रमाइलो गर्ने भन्दा पनि एक हातले फोन वा अन्य डिजिटल साधन खेलाउदै एकलताका रमाउने संस्कृतिको विकास हुन थालेको छ ।
 
नेपालमा आमाबुबा, हजुरबा, हजुरआमासंग बस्दै र नेपाली कला, संस्कृति र संस्कारमा हुर्केका शहरीया बालबालीकाहरुमा समेत पाश्चात्य जगतको डिजिटल फोबियाले  समाति सकेको अवस्था  एकातिर छ । भने अर्को तर्फ प्रवासमा जन्मेका र हुर्केका वालबालीकाहरु यो समस्याबाट झनै ग्रसित छन् । यस किसिमले हुर्केका बालबालीकाहरुमा सकरात्मक र सन्देश मूलक ज्ञानबर्धक सूचना संबाहक हुनुको सट्टा लडाई झगडा, मारकाट र कुटपिट  जस्ता पक्ष समेटिएका भिडियोहरुको  नकरात्मक प्रभाव पर्न गएको अवस्था छ । जसको परिणाम स्वरूप केटाकेटीहरु एकान्तप्रेमीहुने, बुवा आमा प्रति आज्ञाकारी नहुने, झर्किने, लडाई-झकडा जस्ता नकरात्मक विशेषता विकसित हुने हुन्छन् । 
 
श्रृजनशीलताले नै नयाँ सफलता दिन्छ । तर आधुनिकताले बेरिएको दिनचर्याले श्रृजनशीलतालाई खाई रहेको छ । हरेक प्रश्नको रेडिमेट उत्तर जतातयतै पाउन सकिन्छ । परिणाम् स्वरूप बालबालिकामा सपना देख्ने र श्रृजना बुन्ने अनि परिकल्पना गर्ने शक्ति नै क्षण बनेको अवस्था छ । यो परिवेशमा पूर्वीय दर्शनले नयाँ युगको थालनी गर्न क्रान्ति गर्नु पर्ने बेलाको एक दिन सुरु हुनेछ । 
 
जीवन कसरी जिउने र मेरो जगतलाई कसरी हेर्ने भन्ने सम्बन्धमा पूर्वीय दर्शन अग्रपंतीमा पर्न जान्छ । योगा र ध्यानले दिमागलाई सुध्दीकरण गर्छ ।  मन र आत्माको सन्तुष्ठी भित्रबाट नै हरेक सफलताहरू निकाली  निखार्न सकिन्छ भन्ने मान्यता पूर्वीय दर्शनले लिएकोछ । आफूलाई स्वयम् ज्ञानमूखी बनाऊ र आफै भित्र समग्रता खोज भन्ने मान्तया यस शास्त्रको रहेकोछ । 
 
यसै प्रसङ्गमा यहाँ एउटा सामाजिक सञ्जालले उत्कर्षमा पुरयाएको भिडियोको चर्चा गर्ने मन लाग्यो । त्यो थियो एक बहुचर्चित दृष्टि गुमाएकी समाजसेवी नेपाली चेली श्रृष्ठी के.सी. हो । जो उनले सोह्र वर्षको उमेरमा दृष्टि गुमाउँदा समाजले उनी प्रति गरेको व्यवहार र उनको परिश्रमको सफलतासंग सम्बन्धित छ ।  उनी भन्छिन – “हरेक युवाहरूले अरूको हैन आफ्नो सपनामा बाँच्नु पर्छ, नभएको कुरामा अपसोच गर्नु भन्दा आफूमा भएको खुवीमा रम्न सक्नु पर्छ र आफ्नो अन्तर मनलाई आफैले सुनेर आफ्नै दिमागको उपयोग गरी के गर्ने भन्ने भविष्यको निर्णय पनि आफै गर्नु पर्छ” । जसका लागि आफ्नो एकाग्रता र सहजिकरण गर्ने वातावरणको ठुलो भूमिका रहन्छ । एकाग्रताको स्रोत नै पूर्वीय दर्शन हो ।
 
यस्ता थुप्रै प्रसङ्ग हुन सक्छन् । जसको परोक्ष वा अप्रत्यक्ष प्रभाव पूर्वीय दर्शनको मुहानवाट नै हामी प्राप्त गर्न सक्छौ । यस दर्शनले बालबालिकाको संकल्पलाई फक्राउने कामको जिम्मेवार वातावरण र त्यसका सहयोगीलाई दिएकोछ । यी प्रसङ्गको महत्त्व कोट्याउदै नेपाली समाज टेक्ससको आमन्त्रणमा हाल टेक्ससमा समरक्याम्प सञ्चालन गरिरहेका योगी ललित शङ्कर भन्नु हुन्छ – ‘हिजो गरिब धरानाका अब्राहम लिंकनको राष्ट्रपति बन्ने सपना, मदर टेरिसाको समाजसेवी बन्ने भावना, गौतमले बुध्दत्व प्राप्त गर्ने लक्ष, गान्धीले अहिंसाको सन्देश फैलाउने संकल्प आदि भवनाहरुको विकास गराउने माध्यम नै परिवेश र वातावरण हो जसमा पूर्वीय दर्शन अझै अग्र स्थानमा रहेको छ’ ।  
 
प्रवासमा रहेका नेपालीहरूका सङ्गठन मध्येको एक अग्रेणी संस्था नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामीछाने र उनको टीमले यिनै कुराका केही अवशेषहरु फछ्याउदै वालबालीकाहरुलागी छोटो समयको समर क्याम यस वर्ष पनि संचालनमा  ल्याएकोछ ।  जसकालागि नेपालबाट पूर्वीय दर्शनका ज्ञाता गुरु ललिता शंकरलाई आमन्त्रण गरी पूर्वीय संस्कृति, संस्कार, ध्यान र योगा जस्ता शीपहरु बालबालिकालाई सिकाउन सप्याहब्यापी कार्यक्रम नै थालनी गरेकोछ । स्वस्थ्य मन भित्र नै स्वस्थ जीवन फुलाउन सकिन्छ भन्ने भावनावाट सुरु गरिएको यो अभियानले वालवालीकाहरुमा पूर्वीय दर्शनको ज्ञान सिकाउने मात्र नभै बिश्वशान्ती र बिश्वबन्धुत्वको भावना जगाई हाल हिंस्रक उग्रवादको चपेटामा रहेको विश्वलाई बुध्दत्व र हिन्दुत्व सहितको पूर्वीय दर्शन फैलाई यसलाई भविष्यको जीवन दर्शन बनाउन सहयोग गर्नेछ ।
हालः  टेक्सस अमेरिका
 
 
बालबालिकालाई योग सहितको ‘समर क्याम्प’ का  केहि तस्विरहरु