मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन न्यूजर्सी सम्मेलनमा पूर्व सभामुख नेम्वाङ मुख्य अतिथि

एनआरएन न्यूजर्सी सम्मेलनमा पूर्व सभामुख नेम्वाङ मुख्य अतिथि


अमेरिकाको न्यूजर्सीमा अगष्ट अन्तिम साता हुन लागेको ९ औँ एनआरएनए क्षेत्रीय सम्मेलनमा पूर्व सभामुख सुवास नेम्वाङ ले प्रमुख अतिथिका रूपमा सम्वोधन गर्ने भएका छन् ।
 
पूर्व सभामुख नेम्वाङले संविधानमा एनआरएन नागरिकताका लागि सहयोगी भूमिका खेलेकाले उनलाई सम्मेलनमा मुख्य अतिथि बनाइएको हो । एनआरएन अमेरिकाको वेभसाइटमा राखिएको सम्मेलनवारेको विज्ञप्तिमा नेपालमा सरकार परिवर्तनसंगै अतिथि र कार्यक्रम तयारी गरेको भए पनि त्यसमा सबै जसो परिवर्तन गर्नु परेको अवस्था छ, भनिएको छ । 
 
एनआरएन नेपाल सरकारसँग धेरै पक्षसंग सम्बन्धित भएको हुदां सरकार परिवर्तन सँगै सम्मेलनका कार्यक्रम प्रभावित भएको जनाउंदै आयोजकले अन्तिम कार्यक्रम छुट्टै सार्वजनिक गरिने जनाएका छन् । 
 
आयोजकले मुख्य अतिथिका रूपमा अमेरिकी विदेशमन्त्री जोन केरीलाई निमन्त्रणा दिएका थिए ।  नेपालका परराष्ट्रमन्त्रीलाई पनि प्रमुख अतिथिका रूपमा बोलाउने भनिएको थियो । केरीले नआउने जानकारी गराए भने, नेपालमा परराष्ट्रमन्त्री नियुक्त भइसकेको छैन । नेपालका वहुराष्ट्रिय उद्यमी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरर्का लगायत सम्मेलनमा सहभागी हुने कार्यक्रम छ I
 
एनआरएनका पूर्व अध्यक्ष लगायत अमेरिका र क्यानडा बाहेक विभिन्न देशबाट करिब २५० जना जति सहभागी हुने आयोजनको अनुमान छ । सम्मेलन अगष्ट २७ र २८ मा हुने कार्यक्रम छ ।
 
सम्मेलनको मुख्य नारा एनआरएन भिजन २०२० एण्ड वियोण्ड  राखिएको छ । यस सम्बन्धी जानकारी लगभग अन्तिम चरणमा पुगेको जानकारी आयोजकले दिएका छन् । यसको छलफल कसरी गर्ने , अन्तिम टुंगो कसरी लगाउने र कार्यान्वयन कसरी हुन्छ त्यो नै यो सम्मेलनको आकर्षक र मुख्य कुरा हो विज्ञप्तिमा भनिएको छ यति मात्र होइन यो सम्मेलनको निष्कर्षले आगामी दिनमा एनआरएनए कसरी जान्छ भन्ने कुरा पनि निर्धारण गर्दछ ।
 
एनआरएन विज्ञप्तिको पूर्णपाठ 
यहाँहरु सबैलाई  गैर आवासीय नेपाली संघले हरेक दुइ-दुइ बर्षमा आयोजना गर्ने क्षेत्रीय सम्मेलन आगामी अगष्ट महिनाको २७ र २८, २०१६ अमेरिकाकोको न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा “NRNA VISION 2020 & BEYOND” नाराका साथ आयोजना गरिएको कुरा जानकारी गराउन पाउँदा धेरै खुसी लागेको छ।
 
हाल सम्म प्रचार-प्रसारमा सहयोग र सद्भाव गर्नु भएकोमा सम्पूर्ण संचारका साथीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौं। यसका साथै अझै व्यापक रुपमा प्रचार-प्रसारमा सहयोग पुर्याइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं ।
 
सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। गर्नु पर्ने सबै तयारीहरु पुरा भएका छन्। अब केवल पाहुनाहरुको स्वागत गर्ने र अन्य दैनिक  व्यवस्थापनका कार्य मात्र बाँकी हुन्।
 
हालसम्मका गतिबिधिहरु :
 
१. सबैलाई निमन्त्रणा पठाइसकिएको छ।  उहाँहरुको भिसा लिने र ट्राभलको तयारी गरिएको खबर पनि आइरहेका छ्न्। सबै आगन्तुकहरुको सुखदमय यात्राको कामना गर्दछौ।  
 
२. होटल बूकिंग हुँदैछ। अब धेरै दिन बाँकी छैन। यदी १६ अगष्ट सम्म गरिसक्नु भयो भने सजिलो हुनेछ। तेसैले आफ्नो रुम बुक गर्नुहुन अनुरोध गरिएको छ।     
 
३.रजिष्ट्रेशन भैरहेको छ – रजिष्ट्रेशन धमाधाम हुँदै छ। वेवसाइटबाट भएका दर्ता तुरुन्तै हेर्न सकिने ब्यबस्था छ। पत्रकार र संचारकर्मीहरु सम्बन्धि एक-संचार एक सहुलियत पासको ब्यबस्था गरिएको छ। पासको लागि आफू संचारकर्मी भएको आबद्ध संस्था या पत्रकार संघको आधिकारिक परिचय पत्र समेत उपलब्ध भएको अबस्थामा पास उपलब्ध गराउन सजिलो हुने कुरा अनुरोध गर्दछौ। यहाँहरु सबैले आफु या आफ्ना संचार प्रतिनिधिको एक संचार संस्था एक रेपोर्टिङ् प्रतिनिधिको नाम र फोटो, संस्थाको न्यूजपोर्टलको नाम सहित  [email protected] मा उपलब्ध  गरिदिनुभएमा सोही अनुरुप प्रेसपास तयार गरिने छ।  
 
४. आर्थिक पाटो – जति सुकै जे जे भनिए पनि हामी सबै गैर आवासीय नेपाली नै हौँ। संस्थाको सदस्य बन्नु र नबन्नुले फरक पार्ने कुरा होइन। त्यसैले एनआरएन प्रति हामी सबैको उत्तिकै जिम्मेवारी छ। तपाइहरु सबैलाई यो सम्मेलन सफल पार्नको लागि साथ र सहयोग दिनुहुन हार्दिक अनुरोध गर्दछौ। यो सम्मेलनबाट हाम्रो आफ्नै एनआरएनए मुख्यालय बनाउनको लागी हालसम्म २ करोड नेपाली रुपैया भन्दा धेरै रकम स्पनसर प्लेज भएको छ। तेस मध्ये धेरै जम्मा पनि भैसकेको छ भने बाँकी रकम पनि छिट्टै  जम्मा हुने छ।
 
५. कार्यक्रम- गैर आवासीय नेपाली संघ नेपाल सरकारसंग धेरै कुरामा सम्बन्धित समेत भएको हुँदा सरकारको परिवर्तन सँगै  हाम्रो पनि काममा धेरै असर गर्ने गर्दछ। हालैको सरकार परिवर्तन संगै हामीले जुन रुपमा अतिथि र कार्यक्रमको तयारी गरेका थियौं त्यो सबै जसो परिवर्तन गर्नु परेको अवस्था छ । तर पनि अन्तिम कार्यक्रम छिट्टै सार्वजनिक गरिने छ।   
 
६. भिजन २०/२० –  भिजन २०/२० नयाँ बिषय प्रवेश आबश्यक भएकोले नै मुख्य नारा बनाइएको हो। हाल यस सम्बन्धि डकुमेन्ट लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौ। यसको छलफल कसरी गर्ने, अन्तिम टुंगो कसरी लगाउने र कार्यान्वयन कसरी हुन्छ त्यो नै यो सम्मेलनको आकर्षक र मुख्य कुरा हो। यति मात्र होइन, यो सम्मेलनको निष्कर्षले आगामी दिनमा एनआरएनए कसरी जान्छ भन्ने कुरा पनि निर्धारण गर्दछ।   
 
७. विभिन्न कमिटीहरुले काम गरेरहेको अबस्था छ। धमाधाम प्रत्यक दिन सो को रिपोर्ट अपडेटमा पेस गरिने छ।  
 
८. प्रडक्शन – प्रडक्शनका सबै सामग्री तयार भैसकेको अबस्था छ।  स्मारिका पनि प्रेसमा गएको छ ।
 
९. प्रमूख अतिथि र अतिथिहरु – यो सम्मेलनका लागि प्रमुख अतिथि बनाउन धेरै स्तरमा प्रयास गरियो। अमेरिका देखि नेपाल सम्म। यही समयमा नेपालमा सरकार परिवर्तन भयो।
 
यस सम्मेलनमा नेपालको संबिधानसभाका सभामुख (पूर्व) एवं संवैधानिक समितिका अध्यक्ष श्री सुवास नेम्वाड०ज्यूले प्रमुख अतिथिको रुपमा सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ ।
 
१०.संचारले बिशेष स्थान पाउने – यो सम्मेलन बिगतका ८ वटा सम्मेलनहरु भन्दा धेरै कारणले फरक छ। यो बिशेष सम्मेलनलाइ बिशेष नै बनाउनको लागी संचारका साथीहरुको लागि पनि बिशेष समय राखिएको छ। एउटा शेशन नै संचारको लागि छुट्ट्याइएको छ।
 
गैर आवासीय नेपाली संघ र नेपाली संचार कर्मीहरुको बिश्व-संजाल। यो नयाँ बिषय प्रवेश भएको छ। गैर आवासीय नेपाली संघले आफ्नो भिजन २०/२० को कुरा गरिरहँदा संचारलाई धेरै प्राथमिकता दिएको छ। संचार भनेको संगै लैजानु पर्ने हो बिषय हो भन्ने कुरा एनआरएनएले बुझेर नै एउटा आबश्यकता र निरन्तरताको बिन्दु पत्ता लगाउन तपाइँ पत्रकारसाथीहरुको सहभागिता र योगदानको अपेक्षा गरेको छ।
 
११. स्थानीय सहभागिताहरुलाई मध्यनजर राख्दै, स्थानिय बासिन्दाहरुको लागि  प्रवेश र सांस्कृतिक कार्यक्रमका लागि अमेरिकन डलर ४० तोकिएको छ भने पूर्ण सहभागिता ( २ दिन ) का लागि २०० डलर र एक दिन मात्र सहभागिताका लागि १ सय डलर प्रवेश शुल्क तोकिएको छ । जसमा बिहानको खाना, बेलुकीको खाना, खाजा र सांस्कृतिक कार्यक्रमको लागि प्रवेशको व्यवस्था हुनेछ।
 
१२. उद्घाटन समारोहमा सबैका लागि उपस्थित भैदिनुहुन सम्पुर्ण संघ-संस्था, व्यक्ति सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ। भ्रम नपरोस सो कार्यक्रममा प्रवेश निःशुल्क छ ।
 
कृष्ण के सी 
रिजनल मिडिया कोअर्डिनेटर
गैर आवासीय नेपाली संघ, द अमेरिकाज