मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हिलारी क्लिन्टन दम्पत्तीको गत वर्ष कमाई १ करोड ६ लाख डलर

हिलारी क्लिन्टन दम्पत्तीको गत वर्ष कमाई १ करोड ६ लाख डलर


न्युयोर्क(अमेरिका)-  डेमोक्रेट पार्टीबाट राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनले पति विल र आफूले गत वर्ष १ करोड ६ लाख डलर (१ अर्ब १० करोड भन्दा बढी नेपाली रुपैंया) आर्जन गरेको विवरण सार्वजनिक गरेकी छिन् । यो कमाइको झण्डै एक तिहाई अंकल स्याम अर्थात् सरकारलाई कर तिरेको विवरणमा उल्लेख छ । 
 
पुरानो सत्तारुढ पार्टी (जीओपी) रिपव्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले गत वर्षको आम्दानी र कर विवरण नवुझाएको भन्ने विवाद उठिरहेको वेला हिलारीले आफ्नो आम्दानी विवरण सार्वजनिक गरेकी हुन् । यसले ट्रम्पलाई आफ्नो आम्दानी विवरण सार्वजनिक गर्न दवाव परेको छ । 
हिलारी दाम्पत्तीको आम्दानीको मुख्य स्रोत अतिथि वक्ता र लेखनवाट प्राप्त रकम पारिश्रमिक हो । 
 
हिलारी दम्पत्तीले गत वर्ष प्राप्त कुल आम्दानीवाट ३० लाख २४ हजार डलर कर तिरेकी छिन् । यो कुल आम्दानीको ३० दशमलव ६ प्रतिशत हो । क्लिन्टनको चुनावी अभियन्ताले हिलारीले आम्दानीको ३४ प्रतिशत कर तिरेको बताएका छन् । हिलारी क्न्लिटन र उनका श्रीमान विलले वुफेट नियम अनुसार कर तिर्ने प्रणाली प्रति सन्तुष्ठ रहेको जनाएका छन् । यो नियम अनुसार १ करोड डलर भन्दा बढी कुल आम्दानी हुनेले ३० प्रतिशत कर तिर्नु पर्छ । यदि आफू निर्वाचित भए यसलाई लागु गर्ने उनले वताएकी छिन् । 
 
यी दम्पत्तीले अतिथि वक्ता भई ६८ लाख डलर आम्दानी गरेका छन् । यो पहिलेको भन्दा कम हो । अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड डलर थियो । आफ्नो विभिन्न किताब वाट उनीहरूले ३१ लाख डलर पाएका छन् । विल क्लिन्टनले विभिन्न व्यवसायमा परामर्शदाताका रूपमा काम गरी १७ लाख डलर आम्दानी गरेका छन् । 
 
हिलारीको आम्दानी अघिल्लो वर्ष भन्दा घटेको छ । सन् २०१४ मा हिलारीको आम्दाी २ करोड ८० लाख डलर थियो । हिलारीले आफ्नो परिवारको आम्दानी विवरण सार्वजनिक गरेपछि अमेरिकी टेलिभिजन च्यानल सीएनएनले आफ्नो समाचारमा मि ट्रम्प अव तिम्रो पालो भन्ने शीर्षक बनाएको छ ।
 
धनाढ्य व्यवसायी डोनाल्ड ट्रम्पले आफ्नो हरहिसाव विवरण अमेरिकी कर कार्यालय आईआरएसले हेरिरहेको भएर सार्वजनिक नगरेको बताउँदै आएका छन् । तर, उनको यो भनाइको आलोचना भइरहेको छ । पारदर्शियताका लागि पनि ट्रम्पले आफ्नो गत वर्षको आम्दानी विवरण सार्वजनिक गर्नु पर्ने आचोलकहरुको भनाई छ ।