मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरी उपरीक्षक बज्राचार्यलाई नागरिक अभिनन्दन

प्रहरी उपरीक्षक बज्राचार्यलाई नागरिक अभिनन्दन


भक्तपुर । नेपाल नागरिक समाज जिल्ला शाखा भक्तपुरले महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई सम्मान साथ नागरिक अभिनन्दन गरेको छ । समाजले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा उनलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गर्दै समाजका केन्द्रीय अध्यक्ष खेमराज रेग्मीले बज्राचार्यलाई सम्मान गरेका हुन् । 
 
अमेरिकी गृह मन्त्रालयले यसवर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गर्दै गत १६ गते अर्थात् ३० जुनमा प्रदान गरेको पुरस्कार प्रदान गरेर देशकै शिर उच्च राखेको भन्दै उनलाई सम्मान गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध जनचेतनामूलक अभियान चलाएबापत उनले उक्त पुरस्कार प्राप्त गरेका थिए । 
 
 
उनले चीनदेखि कोरियासम्म नेपाली युवतीलाई वैदेशिक रोजगारी र कोरियन नागरिकसँग विवाह गराउने बहानामा लगेर डान्सबारमा बिक्री गर्ने र चरम यौन शोषण गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएका थिए । 
 
मानव बेचबिखनमा लागेको गिरोहले तान्जिनियामा समेत लगेर बिक्री गरी वेश्यावृत्तिमा लाउने गिरोह, दुबहीमा बसेर मानव बेचबिखनमा सक्रिय रहेको गिरोहलाईसमेत पक्राउ गर्न सफल भएको बज्राचार्यले स्वदेशदेखि विदेशसम्मका मानव बेचबिखनका गिरोहका १४ वटा मुद्दामा सफलता हासिल गर्न सफल भएपछि उनलाई अमेरिकाको विदेशमन्त्री जोन केरीले उक्त पुरस्कार प्रदान गरेको सम्मानपछि प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए । 
 
कार्यक्रममा अध्यक्ष रेग्मीले राज्यले गर्ने गलत कदम रोक्न र कानुनी राज्यको स्थापना गर्न नागरिक समाजको मह¤वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै लोकतन्त्र, सुशासन र मानव अधिकारका लागि नागरिक समाजको मह¤वपूर्ण भूमिका रहने औँल्याए ।
 
त्यस अवसरमा समाजकी वरिष्ठ उपाध्यक्ष एवम् प्राध्यापक अमोदा श्रेष्ठले देशमा सुशासनको व्यवस्था गर्न नागरिक समाजले उचित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 
 
समाजका भक्तपुर अध्यक्ष ओमप्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापा, सल्लाहकार मुरारीप्रसाद आचार्य, सुनिल ठकुरी सचिव राजु खड्कालगायतले नागरिक समाज देशकै पहरेदार भएको बताए । रासस