मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा घर किन्दा गरिने होम इन्स्पेक्सन

अमेरिकामा घर किन्दा गरिने होम इन्स्पेक्सन


अमेरिकामा बसोवास गरीरहेका नेपालीहरुले आफ्नै घर किन्ने क्रम बढीरहेको छ । स्वभावत मानिसले आफ्नो परिवारको सुबीस्ता र सन्तुष्टीका लागि भाडामा बस्नु भन्दा आफ्नै स्वामित्वको गुँड भैदियोस भन्ने चाहना राख्दछन । घर किन्ने विषय एउटा परिवार र खासगरी घरमुलीका लागि बजेटको ब्यवस्थापन अनि आफ्नो आर्थिक औकात, आवश्यकता र पायकको घर फेला पार्ने, छनौट गर्ने र जटिल तथा लम्बेतान ॠण प्राप्त गर्ने प्रकृया छिचोल्ने कार्य पुरा गर्दा धेरै पक्षमा ध्यान पुर्‍याउनु जरुरी हुन्छ । औषत मानिसले जिवनमा गर्ने सबभन्दा ठुलो लगानी भनेको घर किन्नु नै हो त्यसकारण पनि धेरै नै संवेदनशील हुनै पर्दछ । सिरीखुरी, सरसापट्, बचत टक्टकाएर जम्मा पारेको रकम डाउन पेमेन्ट अनि बैंक वा मोर्गेज कम्पनीले दिने ॠण र मासिक किस्ता भुक्तानीको जोहो सहज छैन । क्रेडिट स्कोर ,नियमित तथा कर तिरिएको आम्दानी र बैंक मौज्जात ,सापटको हिसाबकिताब पछि ब्याजको प्रतिसतमा मोलमोलाई भएर प्राप्त दीर्घकालिन ॠणको बजेट सीमामा रहेर आफ्नो परीवारको लागि अनुकुल्, आवश्यक, पायक ,आकार र मुल्यको घर खोजी सुरु हुन्छ।
 
ब्यवसायिक पेशेवर रियल्टरहरु मार्फत नै आफुले किन्न चाहेको क्षेत्र र बजेट सीमा भित्रको घरको छनौट शुरु हुन्छ । बच्चाको लागि शिक्षालय,अस्पताल,किनमेल, सार्वजनिक यातायात,पार्क कामको पायक,शान्त,ग्रहणशिल छरछिमेक ,आफन्त र साथिभाइ आउजाउ लाई सुगम हुने आधार भने पछि रियल्टरले तपाँइको आवश्यकता र थैली अनुसारको घरको खोजी र सिफारिस गर्ने, देखाउने गर्दछन । बिक्री को लिस्टिङ्गमा रहेका घरहरुको बिवरण घर जग्गा किनबेच गर्ने कम्पनि,रियल्टरका वेबसाईट अनि अनलाईन वा संचार माध्यम वा साथिभाइ आफन्तहरु को सूचना मार्फत सित्तैमा पाउन सकिन्छ।
 
मेरिल्याण्ड राज्यमा घर किन्दा तपांइले ॠणका लागि आवेदन दिएको र ॠण उपलब्ध गराउने बचन दिएको बैंक अथवा मोर्गेज कम्पनीले तपांइले किन्न चाहेको घर मेरिल्याण्ड राज्यबाट लाईसेन्स प्राप्त प्रोफेसनल होम इन्स्पेक्टर बाट होम इन्स्पेक्सन गराइ रिपोर्ट ल्याउन भन्दछन । त्यसपछि तपाँइले छनौट गरेको घर र तपाँइले चयन गरेको होम इन्स्पेक्टरको रिपोर्टका आधारमा त्यस घरको मुल्य वा तपाँइ लाई त्यस घरको लागि स्विकृत गरेको ॠण लगानी उपयुक्त हुने ठहर गरी ॠण स्विकृत गरेपछि बीमा र आवश्यक कागजी प्रकृया पुरा गरे पश्चात घरको क्लोजिङ (पास) को दिन मिति र स्थान तय हुन्छ।
 
होम इन्स्पेक्टर घर किन्ने मान्छेले चयन गर्ने हो र तपाँइले चाहेको लाईसेन्स्ड होम इन्स्पेक्टरबाट गराउन पाउनु हुन्छ र समान्यतया त्यस बापतको शुल्क पनि घर किन्नेले ब्यहोर्नु पर्दछ । प्रोफेसनल र स्टेट लाईसेन्स प्राप्त होम इन्स्पेक्टरले तपाँइले किन्न खोजेको घरको अवस्था कस्तो छ भनेर लिखित रिपोर्ट दिन्छन । घर नयाँ होस वा पुरानो अनेकौ संरचनागत, प्राविधिक, कानुनी खोटहरु र समस्याहरु हुन सक्दछन । घरको बनावट, जडित उपकारण,जग देखि छानो सम्म र घर भित्र र बाहिरको स्थिती अमेरिकाको कानुनी मापदण्ड र रेसिडेन्सियल कोड (नियम) अनुसार छ कि छैन अनि तपाँइको घर सुरक्षित छ छैन भनेर जाच्दछन । होम इन्स्पेक्सन का लागि सामान्यता लगभग तीन घण्टा लाग्ने गर्दछ र चौबिस घण्टा भित्र रिपोर्ट उपलब्ध हुने गर्दछ । होम इन्स्पेक्सन रिपोर्ट राम्रो संग बुझाइ माग्न वा ब्याख्या गरी दिन तपाँइले होम इन्स्पेक्टरलाई भन्न पाउने तपाँइको अधिकार हो।
 
घर भित्र या बाहिर जग देखि छाना सम्मको संरचनागत पक्ष र अमेरिकि कानुन अनुसार मान्छे बस्ने एउटा घर मा हुनैपर्ने उपकरण र साधन वा सामाग्रीहरु हुनु पर्ने जस्ता वा काम गर्ने छन कि छैनन वा खोट छ भने घर किन्न खोज्ने तपाँइले बेच्नेलाई वा रियल्टर मार्फत त्यस्ता खोट को मर्मत वा फेरबदल गराइ माग्न वा घरको मुल्य घटाइ माग्नका लागि बार्गेनिङ गर्ने प्रमाणिक आधार हो- तपांइको “होम इन्स्पेक्सन रिपोर्ट” । होम इन्स्पेक्सन रिपोर्ट प्राप्त गरे पछि त्यस्को सुक्ष्म अध्ययन गरेर मनन गरी त्यो घर किन्ने वा नकिन्ने भन्ने निर्णय गर्न तपाँइलाई सहज हुन जान्छ । होम इन्स्पेक्सन रिपोर्टमा उल्लेख घरको संरचनागत वा जडित उपकरण मा खोट वा समस्या भएमा या त बनाइ माग्न,या घर को मुल्य समायोजन गर्न बर्गेनिङ गर्न सहज हुन्छ । यदि रिपोर्ट मा उल्लेखित घरको संरचनागत वा उपकरण खोट वा समस्याको उपयुक्त वा चित्त बुझ्दो ढंगले संबोधन अथवा समाधान बेच्ने पक्ष ले नगरे मा होम इन्स्पेक्सन रिपोर्ट को खोट वा आधार औल्याएर तपाँइले त्यस घरको लागि राखेको अफर वा घर किन्ने छु भन्ने करार रद्द गर्न कानुनी रुपमा पाउनु हुनेछ । सक्षम होम इन्स्पेक्टरले गर्ने गहन होम इन्स्पेक्सन र उस्ले दिने लिखित रिपोर्ट र त्यो रिपोर्ट गहिरो संग बुझेर त्यो घर किन्ने कि नकिन्ने भनी समझदारी र पाको निर्णय गर्ने मुख्य आधार हो “होम इन्स्पेक्सन रिपोर्ट” । त्यसैले तपाँइको घर किन्ने योजना र खरिद गर्ने निर्णयका लागि होम इन्स्पेक्टर एउटा सच्चा सहयोगी मित्र हो । तपाँइले चुनेको होम इन्स्पेक्टर बाट तपांइले गर्न लगाएको घरको इन्स्पेक्सन रिपोर्ट सबभन्दा पहिले तपाँइले पाउनु हुन्छ । तपाँइले नचाहेमा वा अनुमती नदिदा सम्म रियल्टर ,बैंक ,मोर्गेज कम्पनी वा बिक्रेता कसैले पनि पाउदैनन । त्यसकारण होम इन्स्पेक्सन रिपोर्टको मुलभुत पक्ष र उल्लेखित बिवरण, देखाइएका समस्या वा खोट वा सबल पक्ष का आधारमा अरु कसैको पनि प्रभाव,दवाब,प्रलोभन वा गलत ब्याख्या वा झुक्याइमा नपरी आफ्नो निर्णय गर्न सक्षम हुनु हुनेछ । पछि समस्या आए पछि झेल्नु पर्ने तपाईंले हुन्छ, खुशी भन्दा झमेला पर्ने निर्णय नगर्नका लागि सक्षम होम इन्स्पेक्टर र रियल्टरको सहयोग लिनु बुद्दिमानी हुन्छ।
 
घर भित्रको हावा, रेडान (एक प्रकार को बिषालु बायु) एलर्जी खास गरी (धुलो,कार्पेट्,बिभिन्न किसिमका काठ ,किरा, चरा, जनावर्,काइ, लेउ, झ्याउ, ओस जस्ता पक्ष पनि घर किन्दा मानिसले होस पुर्याउन बिर्सने विषयहरु हुन । कतिपय बच्चाहरु वा घर-परिवारका सदस्यहरु मेडिकल्ली एलर्जन बाट बच्नु पर्ने हुन्छ । घर किन्दा होम इन्स्पेक्टर र रियल्टर ले भन्दा पनि आफैंले त्यस्ता विषयहरु पनि मेरा चासोका पक्षहरु हुन भन्ने कुरा पहिले नै स्पष्ट पार्न सक्नु भो भने "विशेष निगरानी र साबधानी अपनाउन सकिन्छ । आवश्यक परेमा तत्संबन्धी विशेषज्ञबाट निधो गराउन सकिन्छ । घर किने पछि त तदअनुरुपका समस्या आयो वा एलर्जन को कारण परिवारका सदस्यहरु नै समस्यामा पर्ने, घरको पनि उपचार, मान्छेको पनि उपचारमा लाग्दा अतिरिक्त झमेला,खर्च र चिन्तामा पर्नु पर्ने हुन्छ।
 
मेरिल्याण्डमा “गज्जब होम इन्स्पेक्सन” का नामबाट मैले गरेका कयौं घर खरिदकर्ताहरुको होम इन्स्पेक्सनबाट प्राप्त अनुभवका आधारमा जति घरको मैले इन्स्पेक्सन गरें, वहाँहरु संतुष्ट मात्र होइन -नेपाली भाषामा संबाद, सवाल जवाफ गर्न सकिने र नेपाली संगै काम लिन पाउँदा खुशी महत्वपूर्ण निर्णय र तपांइको जिवनको संभवत सबैभन्दा ठूलो लगानीको निर्णयमा होम इन्स्पेक्टर का रुपमा कुनै नेपालीलाई सहयोग गर्न पाउनुलाई अमेरिकामा पहिलो नेपाली होम इन्स्पेक्टर को रुपमा मैले आफ्नो ब्यवशायिक र नेपालीको लागि नेपाली भन्ने भावनात्मक संबन्ध गास्न म सदैव तयार रहेको छु । कृपया www.gajjabhomeinspection.com मार्फत वा ईमेल gajjabhomeinspector@gmail.com वा 410-905-5791 मा फोन वा टेक्स्ट गर्नु होस । मैले गर्ने र जानेका विषयमा मद्दत गर्न तयार रहनेछु।
 
(प्रोफेशनल सर्टिफाईड,इन्स्योर्ड एन्ड मेरिल्याण्ड लाईसेन्स्ड #३२५०८ होम इन्स्पेक्टर) : फेसबुक साभार