मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा विनोद चौधरीको वाइवाइ सपना

अमेरिकामा विनोद चौधरीको वाइवाइ सपना


नेपालका एक मात्र अर्बपति विनोद चौधरी गत महिना अमेरिका भ्रमणमा थिए । त्यस समय उनले आफ्नो आत्म वृतान्त पुस्तकको अंग्रेजी संस्करण “मेकिङ्ग इट विग” न्यूर्योकमा सार्वजनिक गरे ।  
 
न्यूर्योकमा पुस्तक सार्वजनिक गरे लगतै उनी सान–फ्रान्सिस्को पुगेका थिए । अन्य ठाउँहरुको भाषणमा झै उनले सान–फ्रान्सिस्को को एक कार्यक्रममा भने “सपना देख अनि संकल्प गर ।” उक्त अवसरमा उनको अगामी सपना अमेरिकामा वाइवाइ उद्योग खोल्ने रहेको पनि बताए । हुनत उनको यो सपना कति पुरा होला नहोला त्यो त भविष्यले वताउछ तर उक्त भनाइले  यताका धेरै नेपालीहरु उत्साहित भने देखिए ।
 
कसरी शुरु भयो त चौधरीको वाईवाई सपना ?
सन १९८४–८५ तिर नेपालमा विस्तार विस्तार शहरी जीवन सुरु हुँदै थियो । समय अभावमा मानिसहरु तयारी चाउचाउ प्रति आकर्षित हुँदै थिए । उक्त समयमा नेपाली वजारमा गण्डकी नूडल्सको रारा र भारतीय म्यागी ब्राण्डका तयारी चाउचाउ सर्वत्र थिए । यी दुवै तयारी चाउचाउका बीच थाइलाण्डमा बनेका चाउचाउ दिनहु त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल हुदै नेपाल प्रसस्तै भित्रिन्थे । जुन दृश्य विनोद चौधरीले पनि वेला वखत देख्थे । यसै समयमा उनलाई तयारी चाउचाउ खोल्ने सल्लाह वैंकर हिमालय पाँडेले दिएका थिए । जसलाई विनोदले आफ्नो पहिलो सपनाका रुपमा लिएका थिए ।
 
नेपालमा तत्कालीन समयमा वाइवाइको कारखाना खोल्दा चौधरीले अपात्यारीलो जोखिमहरु उठाएका थिए । जस्तैः नेपालमा उक्त समयमा तयारी चाउचाउ संस्कृति विकाश भएको थिएन । साच्चै भन्दा चीन, थाइलाइण्ड, मंगोलिया अनि वर्मा जस्ता देशहरुमा विकसीत भैसकेको तयारी चाउचाउ संस्कृति नेपालमा भने वामे सर्नेे अवस्थामा पनि थिएन । 
 
तत्कालीन समयमा नेपालका लोकप्रिय तयारी चाउचाउ रारा र भारतीय तयारी चाउचाउ म्यागी वजार अभावमा गुज्रीरहेका थिए । यि दुवै चाउचाउहरु एक आपसका कडा प्रतिस्पर्धी मानिन्थ्यो ।
 
ड्ड उक्त समयमा थाइलाण्डका दुइ वा्रण्डका तयारी चाउचाउहरु वढि प्रचलनमा थिए । पहिलो मामा र दोस्रो वाइवाइ । थाइलाण्डको वजारमा मामा तयारी चाउचाउको हिस्सा ७० देखि ८० प्रतिशत सम्म थियो भने वाइवाइको हिस्सा मात्र २० देखि २५ प्रतिशत मात्र थियो । चौधरीले थाइलाण्डको वजारमा झण्डै सतप्रतिसत हिस्सामा रहेको मामाको नेपालका लागी विक्रि एकाधिकार लिए भने थाइलाण्डको वजारमा दोस्रो दर्जामा रहेको वाइवाइको विक्रि एकाधिकार विश्व भरिकै लागी लिन सफल भए । तत पश्चात नै वाइवाइ नेपालवाट उत्पादन शुरु हुन थालेको थियो । उनले थाइलाण्डमा नम्वर वानमा रहेको मामालाई छाडेर दोस्रो हिस्सामा रहेको तैयारी चाउचाउ वाइवाइ उत्पादन शुरु गर्नु उनका लागी भविष्यमा दुरगामी सहि निर्णय सावित हुन पुग्यो । 
 
कति लोकप्रिय छ त वाइवाइ ?
नेपालमा मात्र वाइवाइ हाल दिनको करीव १५ लाख प्याकेट भन्दा वढि उत्पादन हुन्छ । नेपालमा उत्पादीत यो स्वदेशी वा्रण्डको नम्वर वान तयारी चाउचाउ हो । यसले वार्षिक २ अर्व रूपैयाँ भन्दा माथिको कारोवार गर्छ । 
 
कारोवारको हिसावले भने वाइवाइको सवभन्दा ठूलो वजार भारत हो । नेपालवाट वि.सं. २०४७ देखि भारत जान थालेको वाइवाइ हाल भारतका सिक्किम, रुद्रपुर, गुवाहटी, गुजरात, चित्तुर र अन्य ठाउँहरुमा आफ्नै कारखाना खोल्न सफल भएको छ भने सिक्किमको त सवभन्दा ठूलो रोजगार दाता कम्पनी नै हो । भारतको कूल तयारी चाउचाउ वजार भनेको १२ सय करोड भारु माथिको मानिन्छ । जसमा २० देखि ३० प्रतिशत भन्दा माथिको हिस्सा वाइवाइले ओगटछ । प्रतिवर्ष भारतमा वाइवाइले ४०० करोड भारु भन्दा माथिको कारोवार गर्छ भने यसको लगानी भारतमा मात्र भारु १ अर्व भन्दा माथि छ ।   
 
विश्व वजारमा हाल वर्ष भरि करिव १०० अर्व प्याकेट तयारी चाउचाउ विक्ने गरेको तथ्याङ्हरुले वताउँछ । यस मध्ये नेपाल र भारत मात्र गरेर वाइवाई वर्षमा एक अर्व प्याकेट भन्दा वढि विक्रि हुने गर्छ । यो भनेको विश्व वजारको १ प्रतिशत हिस्सा हो । भारत वाहेक भुटान, चीन, तिव्वत, मलेसिया, हङकङ्ग, सिंगापुर, वु्रनाई जस्ता मध्यपूर्वका सवै देशमा वाइवाइ पुगेको छ ।
 
यता अमेरिकाका इन्डियन ग्रोसरी स्टोरहरुमा पनि वाइवाइ सजिलै भेटिन्छ । नेपालमा उत्पादित नेपाली व्राण्डको तैयारी चाउचाउ अमेरिकाका स्टोरमा पाउँदा प्रायः नेपालीले यता गर्व महशुस गर्छन । अझ यहि आएर विनोद चौधरीले अमेरिकामा नै वाइवाइ कारखाना खोल्ने कुरा गर्दा त झन कुन चार्हि नेपालीको मन नरमाएको होला र ? तर चौधरीले यति विध्न आशा देखाइरहदा पनि यताका संघ संस्था र सम्वन्धित सरोकारवालाले उनको उक्त भनाई प्रति भने त्यति चासो राखेकोे देखिएन । जुन सुखद  पक्कै हैन । उनी अमेरिकामा रहदा नेपालीहरुले नेपाल अमेरिका विचको सम्भाव्य व्यापार विस्तारका लागी खुला विचार विमर्श चलाउँदा अझ जाति हुन्थ्यो । तर विडम्वना नेपाली समाजका अगुवाहरु “विनोद चौधरीलाई चिनेको छु” भन्न खातिर उनी संगको फोटोसेसन मै व्यस्त रहे । जुन सरासर गलत भयो ।  
 
– वाको–टेक्सास, अमेरिका