मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

युरोकप २०१६ को उपाधि पोर्चुगललाई

युरोकप २०१६ को उपाधि पोर्चुगललाई


पेरिस I आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले आईतबार राति सम्पन्न युरोकप २०१६ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयभित्र दुबै तर्फबाट गोल नभएर बराबरी भएपछि अतिरिक्त समयमा फ्रान्सलाई १-० ले पराजित गर्दै पोर्चुगलले पहिलोपटक उपाधि जितेको हो ।
 
पाेर्चुगल कप्तान राेनाल्डाे खेलकाे २४अाै मिनेटमा घाइते भएर मैदान बाहिर भएपछि फ्रान्सले जित्ने अपेक्षा गरिए पनि कुनै गाेल गर्न सकेन । पोर्चुगलको जितमा एक मात्र निर्णायक गोल इडेरले १ सय ९ औ मिनेटमा गरेर पोर्चुगललाइ विजयी बनाएका थिए । 
 
यो खेलमा नेपाल र बाहिर रहेका नेपालीहरू दुबै पक्षमा लागेका थिए । आफ्नो समुहले जित्ने दावी गर्दै नेपालीले लाखौ रूपियाँ बाजी राखेका थिए ।