मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

मेसीद्धारा अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास

मेसीद्धारा अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास


न्यू जर्सी । फुटबल खेलका विश्वप्रसिद्ध अर्जेन्टेनियन खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटवल खेलबाट सन्यास लिएको घोषणा गरेका छन् । कोपा अमेरिका कपमा अर्जेन्टिनाको हारपछि उनले सो घोषणा गरेका हुन् । कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनालाई चिलीले जितेको थियो । 
 
मैले मेरोतर्फबाट जति सकेँ गरिसकेको छु र आगामी दिनका लागि पनि प्रयास जारी नै रहने छ– सम्वाददाताहरुसमक्ष उनले भने ।
 
कोपा अमेरिका कपको आइतबारराति भएको फाइनल खेलमा मेसीको प्रहार पनि चुकेको थियो । जसका कारण चिलीले अर्जेन्टिनालाई २ का विरुद्ध ४ गोलले हराएको थियो । 
 
मेसी २९ वर्षका छन् । उनले गरेको यो अकस्मातको निर्णयले खेल जीवनमा नयाँ तरङ्ग ल्याइदिएको महसुश गरिएको छ । रासस / सिन्ह्वा