मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जेन्टिना पेनाल्टीमा चुक्यो, चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

अर्जेन्टिना पेनाल्टीमा चुक्यो, चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधि


न्यूजर्सी (अमेरिका) । अमेरिकाको न्यूजर्सीको मेटलाइफ स्टेडियममा भएको कोपा अमेरिकाको सयौं संस्करणको भिडन्तको खेलमा यसपटक चिलीले उपाधि जितेको छ । 
 
फाइनलमा निर्धारित ९० मिनेटको खेलमा दुबैतर्फबाट गोल हुन नसकेपछि पेनाल्टीमा ३० मिनेट समय थपिएको थियो । उक्त पेनाल्टीमा चिलीले अर्जेन्टिनालाइ ४-२ ले जितेको छ । अर्जेन्टिनाको तर्फबाट मेसीले प्रहार गरेको पहिलो पेनाल्टीनै खेर गएको थियो । 
 
यसअघि खेलको १६ औं मिनेटमा चिलीको 'डी' बक्स नजिकै लियोनेल मेसीलाई लडाएपछि पहिलो पहेँलो कार्ड खाएका चिलीका डियाजले २८ औं मिनेटमा पुनः मेसीलाईनै लडाएपछि रातोकार्ड खाँदै मैदान छाडेका थिए । 
 
१४ पटकको उपाधि बिजेता अर्जेन्टिनाले गत संस्करणको फाइनलमा पनि चिली प्रतिद्धन्दी पाएको थियो भने पेनाल्टी शुटआउटमा पराजित हुँदै उपाघि जित्न सकेको थिएन । चिली सेमिफाइनलमा कोलम्बियालाई हराएर लगतार दोस्रो पटक फाइलन आएको हो।
 
त्यसै गरी ४२ औं मिनेटमा चिलीका भिदाललाई लडाएको भन्दै अर्जेन्टिनाका मार्कोस रोजोलाई रेफ्री हेबर रोबर्टो लोपेजले सिधै रेड कार्ड देखाउँदै मैदान पठाए । १० जनामा सिमित भएका दुवै  टीम मैदान उत्रेका छन् र खेल एकदमै प्रतिस्प्रधा भएको थियो  Iतस्बिर सामाजिक संजाल