मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गुरुङको निधनले कल्स्याङ्दी गाउँ शोकमा

गुरुङको निधनले कल्स्याङ्दी गाउँ शोकमा


वालिङ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतङ्ककारी हमलामा ज्यान गुमाएका सुकबहादुर गुरुङको शोकको खबरले कल्स्याङ्दी गाउँ शोकमा डुबेको छ ।
 
स्याङ्जाको कोल्मा–५ कल्स्याङदीका गुरुङ चार महिनाअघि मात्रै सुरक्षा गार्डका रूपमा अफगानिस्तानमा कार्यरत थिए । ‘विगत ९ वर्षदेखि काबुलमा सुरक्षा गार्डकारूपमा कार्यरत हुनुहुन्थ्यो’, मृतकका साला दुर्गा खरेलले भने, ‘४३ वर्षीय भिनाजुको बम विस्फोटमा परी मृत्यु भएको खबरले घर परिवारलगायत सिङ्गो कल्स्याङ्दी गाउँ नै शोकमा डुबेको छ ।’
 
गुरुङ नेपाली सेनामा झन्डै ९ वर्ष कार्यरत रहेका थिए भने त्रिभुवन आर्मी क्लबका खेलाडीसमेत थिए । 
 
स्वर्गीय गुरुङकी एक आमा, श्रीमती, एक छोरा र छोरी रहेका छन् । मृतक गुरुङको शव आफन्तले बुधबार बुझेर पोखरा ल्याएको र बिहीबार पोखरामा अन्त्येष्टि गरिने उनका आफन्त दुर्गा खरेलले बताए । रासस