जीवनको यो रंगिन परिवेशमा
निरवता अनि निःशव्दता संगै
मनमा अनगिन्ती पीडा र कुण्ठाहरु
संगालेर क्षणिक र देखावटी हाँसो
हास्न कति गाहे हुदो रैछ ।
कथित रोमाञ्चक जीवनको यस
अन्यौलपूर्ण नाटय शालामा लाग्छ
अझै हजारौ हजार अभिशव्त नाटकहरुको
मञ्चन हुने छ ।
भिन्दै भिन्दै दृश्य, परिदृश्यमा
भिन्दै भिन्दै वस्तु, विषयवस्तुमा
भिन्दै भिन्दै सोच र मनस्थितिमा
अनि भिन्दै प्रस्तुती र रुपमा
सामुहिक तालीको गडगडाहट
रंगी, विरंगी र वहुरंगी वत्तिहरुको झिपभिपाई
र सयौ दर्शकहरुको ओठमा सजिएको
हाँसोको लहर र चम्काई संगै
जीवनको यसै रंगमञ्चमा
कसैको अन्तरमनको चाल रोकिने छ ।
करौति रेटिने छ
अपनत्व रित्तिन लागेको कोमल मनको
अनि अनेकौ जिजिविसाले डस्दा डस्दै
शेषः यो जिर्ण मानव आकृतिको ।
के भनौ खै, यो अतिरन्जीत जीवन शैलिलाई
कहिले सागर झै गहिरै गहिरो
कहिले हिमाल झै उच्च उच्च
कहिले आकाश झै फराकिलो
र कहिले पहाडि खोचमा वनेको गोरेटो झै साँगुरो
यसैविच
उक्लदै ओर्लदै,
गहिरिदै उत्रदै,
फुक्दै अनि खुम्चदै
गरेको मेरो निराकार अतृप्त दिनचर्या
जसलाई म नचाहेरै पनि जीवन भनि स्विर्काछु ।
वेमौसमी समयको हुरीले हुत्याएर
दूर क्षितिजमा पुर्याई पछारिएका
आखाँहरुले मञ्जिल विनाको जीवनमा
मात्र टुलु – टुलु नियालिरहेका छन
असफलताका अलमलिदा गन्तव्यहरु
हरेक झिक्काई संगै आखाँहरु विचलित भै
प्रत्येक वुदहरुलाई आत्मसाथ गरि
निकाश खोज्छन यो चक्रव्यूहवाट
तप्प……… तप्प…. वाहिरिदै
उस्तै उस्तै समान लाग्ने हरेक
घुम्तिहरुमा निरन्तर
उठदै, वस्दै,
हिडदै, विसाउँदै,
गर्दा चक्रिय चालमा पुनः
घुमिरहेको छ यो वेस्वादको
खण्डहर जीवन लीला
रोकिने स्थिती विना
परिस्थिती विना
छाटकाट विना
मात्र चलिरहन्छ, फनफनिरहन्छ,
पाङ्ग्रिरहन्छ जवसम्म
मुटुमा चाल वढिरहन्छ ।
ढुक……ढुक……..ढुक…..
प्रतिक्रिया