मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

कोपा अमेरिकाको क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन चिली

कोपा अमेरिकाको क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन चिली


पनामालाई ४–२ गोल अन्तरले पराजित गर्दै चिली क्वाटरफाइनल प्रवेश गरेको छ I 
 
चिलीको लागि भार्गासले दुई गोल गरे भने अर्का एक गोलका लागि पास दिएका थिए । भार्गासले १५ र ४३ औं मिनेटमा गोल गरे I दोस्रो हाफको ५० औं मिनेटमा भार्गासको पासमा चिलीका एलेक्स सान्चेजले गोल गरे । 
 
पानामाले पाँचौ मिनेटमा नै कामार्गोको गोलबाट अग्रता लिए पनि अग्रता लामो समयसम्म रहन सकेन I
 
खेल सकिन एक मिनेट मात्र बाँकी छँदा सान्चेजले दोस्रो गोल गरे फल स्वरूप चिली ४-२ गोल अन्तरले विजयी भयो ।
 
जितसँगै डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ। 

शेयर गर्नुहोस:

0
Shares