मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

करातेमा प्रकाश र सुजितालाई स्वर्ण

करातेमा प्रकाश र सुजितालाई स्वर्ण


काठमाडौँ । नेपालका प्रकाश गुरुङ र सुजिता तामाङले दोस्रोे पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् ।
 
जापान गोजुरियो कराते डो केन्वाकाइ सङ्घ नेपालको तत्वावधानमा पारामाउन्ट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सिनियर एकल काताको ब्वाइजमा प्रकाश र गल्र्समा सुजिताले स्वर्ण जितेका हुन् । प्रकाशले नेपालकै निर्मल पुन तथा सुजिताले भारतकी हर्लिन प्रीतकौरलाई पछि पारे ।
 
एकल काताको दश वर्षमुनि (यु–१०) को ब्वाइजमा नेपालका सचिन गुरुङ र गल्र्समा भारतकी विसार प्रीतकौर, यु–१२ ब्वाइजमा नेपालका सन्तोष केसी, यु–१४ ब्वाइजमा भारतका जसकरण प्रीत र गल्र्समा नेपालकी हृदय राई तथा यु–१६ ब्वाइजमा नेपालका सोनु थापाले स्वर्ण जिते । गोङ्गबुस्थित आयोजक पारामाउन्टको हातामा भएको प्रतियोगिताको ब्वाइज टिम कातामा नेपालका इन्टेन्सिभ स्कुल पहिलो र आयोजक पारामाउन्ट दोस्रो भए ।
 
प्रतियोगिताको नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले आज उद्घाटन गर्नुभयो । सो अवसरमा डब्लुजिकेएफ रेफ्रीमा उत्तीर्ण हुन सफल केन्वाकाइ सङ्घ तथा दक्षिण एसियाली गोजुरियो केन्वाकाइ सङ्घका प्रमुख प्रशिक्षक विसनसिंह खड्का र नेपाल गोजुरियो कराते सङ्घका महासचिव विआर मित्रलाई सम्मान गरिएको थियो ।
 
त्यस्तै नेपालको प्रतिनिधित्व गरी विभिन्न अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा पदक जित्न सफल  पर्शुराम बाँस्तोला, सिमोन खत्री र सुमन तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । कराते खेलको विकास र विस्तारमा योगदान पु¥याएकामा प्रकाश मोहन धौभडेल लगायत पनि सम्मानित भए । 
 
दुईदिने प्रतियोगितामा विभिन्न विद्यालयका १६ टोलीका दुई सय ५० खेलाडीले ४८ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । रासस