मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

बार्सिलोना बन्यो ला लिगा च्याम्पियन

बार्सिलोना बन्यो ला लिगा च्याम्पियन


शनिबार राति भएको लिगको अन्तिम खेलमा लुइस स्वरेजको हृयाट्रिकको मदतमा बार्सिलोनाले  ग्रानाडालाई ३-० ले हराउँदै बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा २४ औं उपाधि जितेको हो । 
 
ला लिगामा २००९ पछि मेस्सी र रोनाल्डो बाहेक अर्का खेलाडी टप स्कोरर बनेको यो पहिलो पटक हो। शनिबार राति बार्सिलोनालाई २४ औं पटक स्पेनिस च्याम्पियन बनाउने क्रममा स्वारेजले ग्रानाडाविरुद्ध हृयाट्रिक गरे। 
 
 
बार्सिलोनाले ग्रानाडासँग खेलिरहँदा रियल मड्रिडले डिपोर्टिभोसँग खेलेको थियो । यदि बार्सिलोना बराबरीमा रोकिएको वा पराजित भएको भए र रियलले जित हात पारेको भए उसले उपाधि जित्ने थियो । रियलको अपेक्षा ग्रनाडाले बार्सिलोनालाई हराइदिओस् भन्ने थियो ।
 
ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २२ औं मिनेटमा अग्रता लियो । ३८ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।
 
पछिल्ला ५ खेलबाट १४ गोल गरेका उनले गत वर्षका टप स्कोरर रियल मड्रिडका रोनाल्डोलाई पाँच गोलले पछि पारे।