मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राप्ती नदीमा नदीमा माछा मार्न प्रतिबन्ध

राप्ती नदीमा नदीमा माछा मार्न प्रतिबन्ध


कसरा, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पर्ने राप्ती नदीमा माछा मार्न बन्द गरिएको छ ।
 
माछालाई आहारा बनाउने प्रजातिहरू वन्यजन्तु, चरा तथा गोहीलगायत जलचरको वासस्थान संरक्षणका लागि माछा मार्न बन्द गरिएको वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिए । बछौली र कुमरोज क्षेत्रमा माछा मार्न उपलब्ध गराउँदै आएको अनुमतिपत्र वितरण कार्य बन्द गरिएको उनको भनाइ छ । 
 
स्थानीयवासीलाई विभिन्न तालिम, सीप दिएर वैकल्पिक पेसातर्फ आकर्षित गराई माछा मार्न बन्द गराइएको पूर्वी चितवनको बूढीराप्ती उपभोक्ता समितिका गोविन्द दराईंले बताए ।
 
‘दुर्घटना हुने र संरक्षित जीवजन्तुको बासस्थानमा असर पर्छ, त्यसैले माछा मार्ने कार्य बन्द गराएका हौँ’ उनले भने । उक्त क्षेत्रमा निकुञ्जले माछा मार्न हाते जाल प्रयोगका लागि अनुमतिपत्र दिने गरेको थियो ।