२०६५ साल माघ महिना l प्रकृति लाई चुनौती दिंदै अर्धनग्न हिंड्ने युबतीहरु पनि आजभोली छाला रंग को लेगिन्स लगाएर हिंड्न थालेका थिए l यिनीहरुलाई थाहा छ आँखाको कमजोरी, सत्य देख्दैन सतह देख्छ l र निरीह बुद्धि को दुर्बलता, देख्दै नदेखेनी मंगल ग्रहमा पानीको अनुमान लगाउन सक्छ तर मन्दिरमा पातलो रातो कपडाले छोपेको मूर्ति ढुङ्गो हो भन्ने भेउ पाउदैन l बुद्धि बलियो हुँदो हो त मान्छेले ‘राम्रो’ र ‘राम्री’ तिर मरिहत्ते गर्ने थिएन l आखिर जस्तो रंगको कपडा लाए पनि जति महँगो कपडा भएपनि कपडा भित्र हरेक मान्छे नांगै र लगभग लगभग उस्तै हुन्छ भन्ने ज्ञान हुने थियो l पोखराको विन्दवासिनी मन्दिर अगाडी को पूर्वपट्टि फेदीको चौतारीमा बसेर मन्दिर तिर गइरहेका एक हुल युवतिहरूलाई हेरेर यस्तै यस्तै सोचिरहेको थियो ललित ले l
प्रकृति आफैमा तटस्थ हुन्छ l यसले पुरुष र महिला लाई विभेद गर्दैन l तर यो जाडो मौसम र युवतीहरु , अझ भनौं , उत्तर-आधुनिकबादी भाईरसले ग्रस्त युबतीहरु, बिच एक अनौठो अन्तरविरोध छ जस्तो लाग्थ्यो, तिनिहरूको पहिरन देख्दा l आफ्नो बा आमा, गुरु गुरुआमा कसैले भन्दा पनि नटेर्नि तर अदिर्श्य जाडोको स्पर्श हुने बित्तिकै शरीर भरि कपडा लगाउने एउटी आधुनिक युवती ले जति जाडो को इर्षा गर्छे तेती नै यो जाडो ले पनि यी पोखराका युवती देख्दा इर्षा गर्दो हो र भन्दो हो “संसार भारी मैले मेरो साम्राज फैलाएको छु तर यो ठाउँका युवतीहरू सित मैले हारे” l यस्तै यस्तै कुरा मनमा खेलाउँदै गर्दा झमक साँझ पनि परीसकेको थियो l ललित चौतारीको छेऊमा बसेर अधिकारी टोल , महेन्द्र पुल र कम्पास गेटतिर जान लागेका मान्छेहरुको भीडलाई हेरेर तेसैमा हराइरहेको थियो l मान्छेहरु हतार हतार आफ्नो बासस्थान तिर फर्केन लागेका थिए , ठुलो आँधीबेहेरी आउन लाग्दा अत्तसिएर उडेका पंछीहरुको बथान जस्तै l यसरी चौतारी को छेवैमा बसेर मानिसहरूलाई नियाल्दा एक किसिमको छुट्टै आनन्द हुन्थ्यो ललित लाई l
बिन्दबसिनी देशकै पर्सिद्ध मन्दिर l वरिपरि घना बस्ती, नजिकै देशकै ठुलो पृथ्वी नारायण क्याम्पस l यो मन्दिरको अगाडिको चौतारी बाट विभिन्न किसिमक मान्छेहरुलाई नियाल्न पाहिन्थोl पढ्दा पढ्दै निसासिएका वा पढ्न अल्छी मान्ने विद्यार्थीहरू यही मन्दिर तिर टहलिन आउथे l विश्वास नलाए पनि मनमा झीनो आशा मर्दो रैनछ मान्छे को l कतै देबीको शक्तिले परिक्षामा राम्रो नम्बर आइहाल्छकी भन्ने आशा हुँदो हो तिनिहरूलाई l युगल जोडीहरू आफ्नो अव्यक्त प्रेम लाई व्यक्त गर्न उपयुक्त ठाउँ यही मंदिर लाई सम्झन्थे l पापी र धर्मात्माहरूको त झन् लामो लाइन नै हुन्थ्यो l मरेपछि सबै कागजात मिलाउने मन्त्रालय नै हो जस्तो देखिन्थ्यो तिनिहरूको भिड देख्दा l लाग्थ्यो स्वर्ग र नर्कको अंशबण्डा यही मन्दिर भित्र हुन्छ l ठूला तहका सरकारी कर्मचारी, नेता, मन्त्रिहरुले पनि आफ्नो भ्रष्टाचार र कुकर्मको साछी यीनै देवीलाई राख्थे, तेसैले प्रहरीको पनि बाक्लै उपस्थिति हुन्थ्यो l सायद देबी बोल्दि हुन् त यी भ्रष्ट नेता , पापी, धर्मात्मी र पाखण्डी मान्छेहरूले खुट्टे पनि टेक्ने थिएनन् यहाँ l
कामबाट फर्केका मान्छे, कार्यलय बाट घर हिँडेका कर्मचारी, पढाई सकेर कोठातिर हिँडेका विद्यार्थीहरू पनि तेही चौतारीको छेऊ भएर परस्यंग, बाग्लुंग बसपार्क , बरबोट, अधिकारी टोल , महेन्द्र पुल तिर जान्थे l फूलमाला र अछेता बेच्ने बेपारीहरू यही बाटो भएर आफ्नो डेरा तिर लाग्थे l बस्ताबमा त्यो चौतारी, चौतारी नभएर एउटा झ्याल थियो जहाँ बाट समाजका बिभिन थरीका मान्छेहरूलाई नियाल्न सकिन्थ्यो l तेसैले त ललित हरेक दिन यही चौतारी मा एक छिन् बसेर होटेल तिर भात खान जान्थ्यो l
पृथ्वी नारायण क्याम्पस र त्यस वरिपरीको ठाउँ, बगर, सारै रमाइलो थियो l बिधार्थी प्राय गाउँ बाट आएका हुन्थे l ठाउँ सहर थियो तर मान्छेहरू सबै गाउँले थिए l एउटा अनौठो समिश्रण थियो तो ठाउँमा l प्राय सहरमा बस्ने मान्छे हरु स्वभावै ले घमण्डी, स्वार्थी, रुखा, र सानो चित्त भएका हुन्थे l तर पोखराको पृथ्वी नारायण क्याम्पस वरिपरि को क्षेत्र एउटा अफबाद थियो l क्याम्पसको वरिपरिको छेत्र एउटा गाउँ जस्तै थियो l एकाध घटना लाई छोडेर घरभेटीले पनि विद्यार्थी लाई नराम्रो गर्थ्येनन l एक ले अर्को लाई कुनै न कुनै रुपमा चिनेको हुन्थो, यतिसम्म कि गाउँबाट कसैका बाबुआमा नगर बस चढेर कम्पास गेटमा , बगर, ओर्ले मात्र हुन्थो l बगर मा जो कसैलाई पनि मेरो फलानो नाम गरेको छोरो/छोरि कता बस्छ बाबु भनेर सोधे कुनै न कुनैले कोठा सम्मै पुर्याई दिन्थे l
“ होटेल लाली गुराँस” यहाँ खान र नास्ता को राम्रो प्रबन्ध छ l बिद्यार्थीहरु लाई बिशेस सहुलियतमा खान ख्वाईनछ l होटेल को होड़ीग बोर्डमै लेखिएको थियो l बिन्दबसिनी मन्दिरको दक्षिन् पट्टि रहेको यही ‘लाली गुराँस’ होटेल मा ललित ले महिना वारी रु ९०० मा खान खान्थ्यो l
क्याम्पस को पढाइमा पनि खासै रुची थिएन ललित लाई l राजनीति शास्त्र पढेर कांग्रेस वा एमालेलाई लाई भोट हाल्नु र पृथ्वी नारायण साहको इतिहास पढेर आफ्नो भविष्य खोज्नु बाहेक अरू महत्तो पनि थिएन l झन् कछा कोठामा बिद्यार्थीको अत्याधिक चाप ले गर्दा प्रोफेसरले बोलेको पनि सुनिँदैनथ्यो अन्तिम तिर l तसमाथी केटाहरुको जोक्स र हल्ला l फेरी माहोल पनि तेस्तै l राम्रा सेर्णी मा पास भएका साथीहरु त राम्रो बिषय पढ्न जान्छन l आर्ट्स तिर त सबै गान्धीवादी साथीहरु को मात्र जमघट l
तर पनि क्याम्पस जानुको मज्जै बेग्लै थियो l पढ़नी ले त जसो तसो पढ्छन , नपढ़नीलाई पनि कम्पास जानु भनेको स्कूल जानु जस्तो पीडादायी थिएन l न होम्वोर्क नगरेर सरले पिट्ने डर न फेल भएर हेडमास्टर ले बाबु आमलाई बोल्याइदेलान भन्ने डर l अझ झन् स्कूलमा जस्तो पल्ला बेन्चमा बस्ने केटि ले “ सर तो केटा ले मलाई आँखा जिम्कायो’’ भनेर पीटाआऊलि भन्ने डर त कत्ति पनि नाइँ l कहिलेकहिँ गाउँमा जादाँ सान-सानो सेलिब्रेटी नै भईने l बाबु आमाको पनि कसैले ‘छोरो कता छ त नि ?’ भनेर सोध्यो भने, पोखरा क्याम्पस पढ्छ भन्दा इज्जतै अर्को हुनी l
२०६४ साल तिर पृथ्वी नारायण क्याम्पसमा दुइवटा पात्र लोक प्रिय थिए, धेरै बिधार्थीमाझ l “ पाण्डे ब्रो’’ र ‘कम्पास गेटकि बहुलाई’ l यी दुवै कम्पास पढ्ने बिधार्थी थिएनन l पाण्डे ब्रो लाई केटाकेटि सबैले रुचाउथेl एक दुइ रुपियाँ दिएको भरमा राम्रा राम्रा ‘गज़ल” भन्थे l तेती बेला अहिले जस्तो इलेक्ट्रोनिक मिडिया थिएनन् l सायरी, गजल र प्रेम पत्र नै युवा युवती बीचको भावना अदान प्रदान गर्ने बाटा थिएl पाण्डे ब्रो पहिला सारै पढ्न जान्नी थिए अरे l विज्ञान लिएर पढदा पढदै बहुलाएका हुन भन्नि सुनिन्थ्यो l राति कम्पासमै सुत्नी, दिउसो बिधार्थीहरु सीत पैसा मागेर जिबन चलाउथे l प्राय रक्सि मा लट्ठ परिरहने l तर नराम्रो कसैलाई नगर्नी l मिठो बोली र राम्रा गफ गर्नी भएकोले “पाण्डे ब्रो” लाई सबैले चिन्थे l धेरै बिधार्थिहरुको एक दुइ रुपैयाँ लिएर प्रशासनमा फारम भर्नी देखि लिएर प्रबेस पात्र निकाल्ने काम समेत उनैले गर्दिन्न्थे l अनि कसरि उनीलाई बहुलाहा भन्नु l धेरैले पाण्डे ब्रो बहुलाएको भन्थे तर होश गुमाएको बहुलाहा थिएन l साएद बहुलाहा पनि धेरै थरिका हुन्छन l घरघरि का बहुलाहा , सधैका बहुलाहा, प्रेम पाएका बहुलाहा , प्रेम नपाएका बहुलाहा , जिबन बुझेका बहुलाहा , जिबन नबुजेका बहुलाहा l लाग्छ यो बहुलाहा र सज्जन को साँधमा सारै सानो दुङ्गो गाडिएको छ l घरि सज्जन ले साँध मिचेर घाँस काट्छ त त घरि बहुलाहा ले l दुवै जनाले साँधको हरियो घाँस मिचेर काटछन् फरक यत्ति हो कि बहुलाहाले देखादेख गर्छ त सज्जन ले लुकेर l आखिर सज्जन भित्र पनि बहुलाहापन लुकेको हुन्छ, दहि मा घिऊ लुके झैँ l पाण्डे ब्रो घरि घरि का बहुला थिए l घरि घरि रक्सि खाई रहने l
कम्पास गेटकि बहुलाई उस्को परिचय नै यत्ति थियोl उसके न नाम थाहा थियो न उसको ठेगाना l घरि घरि ऊ एक्लै बोल्दै हिद्थीl “ तलाई भेटुं न मात्र, के गर्दी रैहिछु थाहा पाउलास” भन्थी l कहिलेकहिँ ऊसले फेरी राम्रै कुरा पनि गर्थी तर एकोहोरो l ऊ दोहोरि कसैसित बोल्दिनथी l बहुलाई भए पनि पाण्डे ब्रो जस्तो रक्सि खान्थिन l l कहाँ बाट हो कुन्नि कपडा पनि राम्रै लाऊथी तर धेरै दिन सम्म न नुहाएर होला कपाल भने जिन्ग्रिंग देखिन्थो l कहिलै कसै सित हात पसारेर, दुख देखाएर माग्दैन्थी l तर कसरि कसरि एसले पनि आफ्नो जिबन गुजारा गरिहेकी थिई , तेही क्याम्पस गेट मा l बहुलाई भएपनि यसमा एउटा अनौठा गुण थियो l
l जगत र प्रेमका बारेमा एकोहोरो धारा प्रबाह बोल्थी l लाग्थ्यो यो कि प्रेम मा धोका पाएर बहुलाएकी हो या धर्मकर्ममा लाग्दै लाग्दै यस्ती भएकी हो l एसको कुरा कुनै दार्शनिक वा सिद्द महिला को जस्तो लाग्थ्यो l
एक दिन ललित कम्पास जादैं थियो l “ कम्पास गेट कि बहुलाई “ कम्पास गेट नजिकै एक्लै बोल्दै थिई ” प्रेम एक बाटोमा फुलेको सुगन्धित फूल जस्तै हो l जुनसुकै जातको मान्छे हिँडे पनि फूलले सुवास छरी रहन्छ l ठुलो जात लाई सुवास छर्नी र सानो जात लाई सुवास न छर्नी गर्छ”? ऊ आफुले आफैलाई प्रश्न गरि l “कुनै मान्छे नहिँडे पनि फुलले सुवास छरी रहन्छ l बदला मा फूले केही माग्छ ?, घामको किरणले चुमोस वा न चुमोस, तर पनि फुल घाम तिरै फर्केर मुस्कुराई रहेकी हुन्छे” ऊ झन् झन् चर्को कराउदै थिई l “प्रेम गरिदैन , प्रेम हुन्छ l फूल आकर्षण हो भने बस्न्ना प्रेम हो l जसरि सबै फूलमा बास्ना हुदैन तेसैगरी सबै आकर्षणमा प्रेम हुदैन l फुल देखेर रोकिने बटुवा आकर्षण देखेर लालायित भएको प्रेमी हो उसले फुल लाईनाई चुडेर लैजान्छ र फुल को अस्तितो समाप्त पार्छ भने फुल भित्रको बासना चिन्ने बटुवा साचो प्रेमी हो उसले फुल लाई चुड्ने कोसिश गर्दै गर्दैन” l एकोहोरो बोल्दै गई l ललितको खुट्टा टक्क अडियो l उस्को मनलाई चसक्क छोयो l प्रेम को कुराले भन्दा सत्य को कुराले जीवनलाई ज्यादा छुन्छ l l फेरी प्रेम सत्य पनि त हुन सक्छ वा भनौ प्रेमको फूल सत्यको माटोमा मात्र फुल्छ l जीवनले मन मनै सोच्छ l उसले गोजी बाट पाँच रुपैया निकालेर बहुलाई लाई दियो l बिन्दबसिनीका जोगी लाई एक रुपैया नदिने ललित तेस्ती बहुलाई लाई पाँच रुपैया किन दियो , ललित आफैले थाहा पाउन सकेन l
कम्पासको जिबन सारै रमाइलो ; पाण्डे ब्रो को गज़ल , मदनको गफ , तेजनाथ को चुडकिला ,कहिलेकहिँ बहुलाई को एकोहोरो प्रबचन , बिद्यार्थी नेताहरुको चर्को चर्को भासण, अग्रेजी पढाउँनि मिस को रोमान्टिक क्लास , नेपाली गुरुको छन्दमय कबिता बाचन, कम्पास गेट अगाडी रहेको नारायण गोपाल चिया पसल, ललित कै ग्रुप छेउमा आएर घाम ताप्ने र मस्किने फेरी जिस्क्यौदा ठसकिने बि. एड साइकोलोजी पढ्ने केटीहरुको एउटा झुण्ड आदि इत्यादी l
बिन्दिबसिनी मन्दिर नजिक भएको ले गेरु बस्त्र धारी जोगीहरु छ्याप छाप्ति भेटिन्थे l बिन्दबसिनी देबी को मुख्य मन्दिर अली माथि थुम्को जस्तो उचाई मा थियो जसमा पुग्न तिन चार मिनेट ठाडै खडकेरी चद्नुपर्थ्यो l अरु भगवानका मन्दिरहरु र जोगीहरु लाई बस्न बनाएको धर्मशालाहरु पनि माथि नै थिए l प्राय जोगीहरु माथि धर्मशाला तिर नै बस्थे l धेरै जोगीहरु प्राय भारतीय मूलका जस्ता देखिन्थे , दिनभरी मागी हिड्थे र रात परेपछि माथि मन्दिरको धर्म शाला मा गएर सुथ्थेl मन्दिरको फेदीमा पर्खाल लगाएको खाली जग्गा थियो l बीचमा एउटा पोखरी, छेउ छाउ मा फुल र स-साना रुखहरका झाँग पनि थिए ll अली पढेका र गफ लाउन सक्नी जोगीहरु माथि मन्दिर नजिकै गएर अगिल्तिर अगरबत्ती र, फुल अछेता लिएर बस्थे l तिनीहरुले पनि मान्छे को मनोविज्ञान राम्रो बुजेका l मन्दिर पुजा गरेर निस्कने बित्तिकै मानिसको मनोभाब साच्चै दयालु, सहिर्दायी र शान्त हुन्छ l आफु सित जे छ दान दिन्छ l सच्हैनि मन्दिर को ढोका बाट निस्कदै गरेको मान्छे ‘उ’ नभएर ‘त्यो” हुन्छ तर छण भरमै उसको ‘‘त्यो” भाब ‘उही’ हुन्छ जुन पहिला थियो l
एकदिन ललित खान खान अबेला गयो l एउटा जोगी आएर साहुनी सित केहि कुरा गर्दैथियोl पहेलो स्टकोट को भित्रि गोजी बाट एउटा स्टील को गिलास निकालेर टेबल मा राख्यो र साहुनी सित के के भन्यो कुन्नि ललित ले राम्ररी सुनेन l उसले सोच्यो पानी खान आएको होला जोगी l दिनभरी डुल्दा डुल्दै थाकेर जस्तो देखिन्थ्यो lललित खाना खाएर चुट्न गएर आउदा त साहुनी ले जोगी लाई गाली गर्दै गिलासमा चिया र अन्डा फ्राई गरेर कागजमा पोको पर्दिएकी l गाली गर्दा पनि जोगी केहि नबोली चुपचाप उभिई रहेको थियो l पोको परेको अन्डा लाइ दाहिने खोल्ती मा राख्यो र स्टकोट को भित्र बाट एउटा रातो कपडा निकालेर चिया को गिलास लाइ बेर्यो , र चिने जस्तो गरेर एक पटक ललित को मुख मा पुलुक्क हेर्यो र मन्दिर तिर लाग्यो l
ललित सारै अचम्म पर्यो र साहुनी तिर फर्केर भन्यो , ‘ हैन कस्तो जोगी रैछ, जोगी भएर पनि अन्डा खाने ’ l किनकि घर्म कर्म मा लाग्ने मान्छे ले अन्डा खान हुदैन भन्ने हिन्दु समाज को पुरानो छाप थियो l साहुनी ले एउटा साधारण घटना जस्तो गरि भनिन “ ए ललित सिर, येस्ता जोगी त कति औउछन् कति, तपाइले पहिलो पल्ट देख्नु भयको होला मलाई त सधै को पानी पधेरो जस्तै हो, अझ धेरैले त मागेको पैसाले रक्सि किनेर लैजान्छन , अन्डा त कुन ठुलो कुरो भयो र l तर यो जोगी चाई सधै जसो आउछ येसरिनै, कोहि मान्छे नभएको बेलमा र कहिले भात, कहिले अन्डा, लिएर जान्छ l तर आफुले नखाई यसले पोको पारेर कल्लाई लैजान्छ कि आफैले खान्छ कुन्नि ’’ l “अब देखि जोगी लाई मैले कहिलै दान दिन्नl” ललित ले रोष प्रकट गर्यो र उ पनि मन्दिर तिरैकै बाटो लाग्यो तेही जोगी गए तिर किनकि तेही बाटो भएर बगरमा भएको आफ्नो कोठमा जान्थ्य्यो ललित हरेक दिन l
एसो पल्तिर के पुगेको थियो ललित , मन्दिरको फेदीमा रहेको एउटा बुद्द मन्दिर नजिकै कोहि बोलेको अवाज सुनियो l को हो यहाँ यति राति’ ललित डराई डराई सोध्यो किनकि तेती रति चिसो मौसम मा कोहि पनि मन्दिर को चौरमा बस्दैनथे l ‘ हम शिबजी का भक्त है आप कौन है “ कसैले हिन्दि भाषा मा जवाफ फर्कायो l ललित ले गम पाइस्सक्योको थियो कि यो पक्का तेही जोगी होला भन्ने l एकमन त ललित ले सोच्यो एस्तोजोगीहरु सित किन बोल्न पर्यो र सिधै कोठा मा जान्छु रात पनि पर्न आँट्यो l तर अल्ली उता पुगे पछी के सोच्यो कुन्नि अवाज आएकै तिर मोडियो उसलाई कता कता जान्न मन लाग्यो यो जोगीले अन्डा फ्राई गरेर कसलाई ल्याईदियको होला l
जब ललित अवाज आएको ठाउँमा पुग्यो अनि जुनको मन्द रोसनी मा मुखाकृति हेर्छ त उ झन् अचम्ममा पर्यो l भित्तामा अडेस लाएर तेही जोगीले होटेल बाट भर्खरै लाएको चिया पिउदै थियो भने उसको नजिकै कम्पास गेटकि बहुलाई ले फ्राई गरेको अन्डा खादै थिई l बाहिरको जाडो ले गर्दा दुवै गुजुमुट भएर बसेका थिए l एक छिन त ललित ले विश्वास गर्ने सकेन l यिनिहरु दुवै पाखण्डी, पतित, अधर्मी र पापी हुन्, ललितको भित्र भित्रै रिस उठ्यो l तर मनले जति तर्कना लाए पनि उसका आँखा अगाडी यथार्थ अर्कै थियो l हैन उनीहरु बिचमा प्रेम पनि त हुनसक्छ l के प्रेम समाजका सभ्य भनौदा हरुको बिचमा मात्रै हुन्छ l यस्तो पनि हुन्छ ? जोगी र बहुलाई प्रेम l ललित लाई झन् उत्सुकता जाग्यो l
ललित ले जोगी र बहुलाई को समन्धको बेली विस्तार भन्न जोगी लाई कर गर्यो l पहिला त जोगीले आनाकानी गरको थियो तर ललित ले पचास रुपिया को नोट निकालेर दियो l अझ उसले भोलि दुईवटा राम्रा ब्लान्केट किनिदिने बाचा समेत गर्यो l जाडोले थुरथुर कामको जोगी ले कम्बल पाउने आशामा हो कि पैसा पाएर हो आफ्नो कथा भन्न राजी भयो l
“मेरो नाम रामदास हो मेरो घर भारत को बिहार राज्यको पिपरिया गाउँमा थियो l सानैमा बाबु आमा बितेकले दश बर्सको उमरमा नै घर छोडेर माग्दै पेट पाल्न थालेको थिए l जोगीहरुको संगतमा लाएर सन्यासी भए l जोगी भएर माग्दा सबैले भिक्षा दिने र अली सम्मान पनि हुनी हुनाले बाटोमा माग्दै हिन्दा भन्दा जोगी भएर माग्न सजिलो रैछ l जोगी भैसके पछि कुनै चिन्ता हुन छाड्यो l न भोलि को चिन्ता, न घरपरिवार को चिन्ता न छोरा छोराकी चिन्ता l २०५२ सालमा म पोखरामा आएको थिए l यो मन्दिरमा तेती बेला ठुलो महायज्ञ लगाएको थियो l भारत बाट पनि धेरै पडित र जोगी आएका थिए l तेही बेलामा मा पनि एता आए र यही मन्दिर को ओरीपरी बस्दै आएको छु”l , जोगी ले विस्तार लगायो l
अनि यो बहुलाई कसरि तिम्रो साथी भै त ? दिन भरि त कम्पास गेटमा हुन्थी ? ललित ले फेरी सोध्यो l किनकि उसको भित्र रहर नै बहुलाई सित को समन्ध जान्नु थियो l “ सर पनि क्या क्या सोधी लिंछ l’ ठटेउली पारामा जोगी हासो l तर उसको हासो मा किन्चित संकोच थिएन l उन्मुक्त हासो थियो l तपाई ज्यादा रहर गरिहाल्नु भयो तो मा भनि दिन्छु l जोगीले फेरी उसको कहानी भन्न लायो l “यो बोहुलाई को नाम सुधा हो l एसको घर यतै पहाड तिर हो l मैले ठाउँको नाम बिर्से l यो प्राय दोहोरो सम्बाद गर्दिन l एकोहोरो बोल्छे मात्र l दोहोरो नबोले पनि यो भित्र गहिरो समबेदना छ l डुंगा, माटो , कुकुर , मान्छे जे देखे पनि सबैलाई उत्तिकै प्रेम गर्छे l माया गर्छे l मान्छे त यसको नजिक पर्दैनन् कसरी माया गरोस् l उ त्यो परको फुल देख्नु भयो ? हो यसैले सारेको हो खोइ कुन्नि कता बाट ल्याएर हो l ऐसको बाबु ठूला पण्डित थिए अरे l सानै बाट धर्म कर्ममा सरु रुची थियो भन्थी l ऐसलाई सोध्नै पर्दैन आफै भन्छे कहिले कहिँ आफ्नो कहानी l सोधेर यो बोल्दिन l रामायण, महाभारत र गीता एस्लाई सब्बै आउँछ l बेला बेलमा संस्कृतका श्लोक भनि रहन्छे l कम्पास पढदा पढदै एक दिन भगवान खोजीमा कोठा बाट निस्केको भन्छे l उसैकोको खोजिमा धेरै मठ , मन्दिर , चर्च , गुम्बा ठाउँ मा पुगी छे l भेटे जतिका प्रवचन पनि सुनी छे l तर कतै ऐसले सोचे जस्तो ईश्वर न भेटेपछि एक्लै एक्लै भौतारिदा भौतारदिदै हिन्दा सबैले बहुलाई भन्न थाले छन् l तर ऐसलाई देख्दा लाग्छ ऐसले सच्चा ईश्वर भेटेकी छे l आफू भित्र को l त्यसैले ऊ आफू सितमात्र बोल्छे l ऐसका बोली संसारिक मान्छेका लागि पागल जस्तै लाग्छ तर मा त जोगी भएर हिडेकोले होला एसको बोलीमा सत्येता बढी देख्छु l वास्तबमा मा यो पक्का सनयासि हो l तर जे बोल्छे साँचो र घत लाग्दो बोल्छे l” , जोगीले बेलीबिस्तार लगायो l तर पनि कसरी आफ्नो भेट भयो भनेर अझै भनेन ललित लाई l कुरा सुन्दा सुन्दै राती को ११ बजिसकेको थियो l ललितलाई घर जानी हतार भन्दा पनि जोगीको कुरा सुन्नमा मजा लागिरहेको थियो l “हैन तिमिले त सबै कुरा भनेउ तर मैले जान्न चाहेको कुरा अझै भनेनौ l तिम्रो भेट चाहिँ कसरी भयो यो सित “ ललित ले जिद्दी गर्दै सोध्यो l
जोगीले भन्यो, “एक दिन म भिछा माग्न बगर को कम्पास गेट तिर जादै थिए l बगरको ट्याक्सी चोक बाट नगर बस स्टप जानी बाटो को एउटा पक्की घरको चिसो छिँडीमा यो लडिरहेकी थिई, आँखाबाट आसु बगिरहेका थिए l म जोगी भए पनि सारै कमलो मनको छु l अर्काको आँखामा आँसु देख्न सक्दिन l फेरी सबै को घर-घर जानी भएको ले होला मैले मान्छेहरूलाई देख्नी बित्तिकै चिन्दछु l कत्तिको सज्जन छ भनेर प्रायः बाहिर भव्य देखिने महल भित्र सबै दरिद्र बसेका हुन्छन् l र स- साना घर वा झुपडी मा अमिर आदमी हुन्छन् l मानिस को सम्पनता घर को उचाई ले भन्दा मन को गहिराइ ले बताउँछ l सम्पन्न मान्छे को मन कोमल र शान्त हुन्छ l मन शान्त हुनी मान्छे को अनुहार मा एक किशिम को कान्ति हुन्छ जुन मैले हरेक घरमा भिछा माग्न जाँदा थाहा पाउछु l एक ठुलै सन्त महापुरुसले जस्तै जोगीले भन्यो l अनि के भयो त ? ललित झन् उत्सुक भएर सोध्यो l
“उसलाई देख्नी बित्तिकै मैले सोचे कि ऐसलाई भोक लागेको होला भनेर l कसैले दान गरेको एउटा नरिवल र काँचो चामल मात्र थियो म सित l मैले तेही नरिवल को डल्लो उसको हातमा राख्दिये l उ जराजुर्क्कै उठेर एकै-दुई गाँस मै तो नरिवल खाई l लाग्थ्यो यो धेरै दिनकी भोकी थिई l ओरी परी भएका एक दुई जना मान्छे ले मलाई खिसी गरे l तर मलाई अपमानले केही हुँदैन l हरेक दिन एउटा न एउटा ले “ माग्न शर्मा लाग्दैन” भनेर गाली गरेकै हुन्छ l उ मसित केहि बोलिन l तर वोरिपरीका मान्छे हरुले ले साह्रै नराम्रो दृष्टिले हेरे l यी पाखण्ड मान्छेका जात प्लास्टिकका फुल जस्ता देख्दा राम्रा तर सुवास नभएका , हिर्दय नभएका, विबेक सुन्य, झन् प्रेम त यिनमा कसरी हुनु , न यिनलाई कसैले प्रेम गर्यो न यिन ले कसैलाई प्रेम गरे l यिनीहरुले मात्र बिबाह गरे l तेसैलाई प्रेम सम्झन्छन l मैलाई पनि पिट्लान भन्ने लाग्यो र म पनि हिँडी हाले त्यहाँ बाट l
अर्को दिन म सिम्पानी तिर माग्न निस्केको थिए l साँझ पर्न अटेको थियो l म मन्दिर तिर आउँदै थिएँ l यो बोहुलाई बाटोमा झाप्प भेटिई l मैलाई देखेर हो वा किन हो, यो पनि रोकिई म पनि l तर न यो बोलि, न म बोले l मैले सोचे आज पनि ऐसलाई भोक लागेको होला l मैले जजमान ले दिएको एउटा स्याउ को गेडो दिन खोजे तर उसले लिइन l भोक लाग्यो भनेर सोधे , केही बोलिन l म पनि आफ्नो बाटो लागे l पछाडी फर्केर पनि हेरिन l जब मन्दिरको धर्मशालामा पुगेर बस्न खोजको मात्र के थिए, यो बहुलाई त मेरो पछि-पछि आएकी रैछे l अरु जोगी हरु पनि थिए l कोइ जोगीहरुले हातपात गर्न थाले l त्यहाँ राम्रा साधु सन्त पनि थिए, तिनहरूले बहुलाई लाई धपाउन खोजे तर यो टेरिन l तेही बसी रही ,एक सब्द नबोली l मलाई अरु जोगी ले भन्न थाले , ‘तैले येस्ती आइमाई ल्याई छस् , त पनि यहाँ नबस भनेर मै माथि खनिए l म पनि त्यस दिनबाट धर्मशाला छोडेर हिँड्न पर्यो l जानी ठाउँ कै थिएन l मन्दिर फेदी मा रहेको बुद्धको मन्दिर थियो l तेस्मा पनि रात परेपछी धेरै जोगी जोगिनिहरु बास बस्न आउथे l म पनि तो रात तेही बुद्ध मन्दिरमा बसे l यो बहुलाई पनि मेरै पछि पछि लागि र मेरै छेउमा बसी l तो एक छेउमा म अर्को छेउमा l lमैले कति कुरा सोध्दा पनि उ एक सब्द बोलिन l घरि-घरि हांस्थी मात्र l मलाई अति रिस उठेको थियो l दुइ-तिन झापड हान्दियु जस्त्यो लागेको थियो l तर पनि म निर्दयी हुन् सकिन l मैले तो रात सोचे कि, म अब यो सहर छोडेर काठमाडौँ जान्छु पशुपति तिर l भोलि बिहान उठेर हेर्छु त बोहिलाई त छैन l भन्न त मुखले भने बल्ल ठिक भयो बहुलाई गैछे ,तर मन मा कता कता तेस्को अनुपस्थि को आभास हुन् थाल्यो l अब म पक्का पशुपतितिर जान्छु l तेही बहुलाई ले गर्दा मलाई माथि मन्दिरमा पनि बस्न दिन्नन फेरी तो पनि हिँडी छे l अब यहाँ बस्न उपुक्त छैन l तर त्यो दिन मलाई अली सन्चो भएन l सधै धर्मशाला भित्र सुत्ने गरेको, त्यहाँ भित्र न्यानो थियो l यो त चिसो खुला ठाउँ l चिसो ले गर्दा म त्यो दिन काठमंडू जन सकिन l त्यो दिन तेही बुद्धको मन्दिर अगाडी दिन काटे l टाढा पनि जान सकिन l
साँझ परे पछि त्यो रात म तेही बुद्दको मन्दिर मा सुत्ने विचार गरे र सोचे, भोलि बिहानै उठेर काठमाडौँ जान्छु, पशुपति नाथ को मन्दिरमा l तेही सोचेर यसो पल्टन लागेको के थिए, फेरी त्यही बहुलाई आई र मेरै छेउ नजिक बसी l मनमा भित्र भित्रै बहुलाई पर्ती माया लगेर आयो l केही बोलिन , भन्न त मन थियो, ‘किन मेरो पछि लाऊछेस भनेर’ l तर बोल्दिन जे भने पनि l लाटी भनौ भने एकहोरो बोल्छे, बाठी भनौ दोहोरो बोल्दिन l तेस दिन देखि हामी यो बुद्ध मन्दिर मा यसरी नै बस्दै आएका छौ l न म पशुपतितिर जान सके न यो बोहुलाई येहाँ आउन छोडछे l हामी सित बस्ने अरु पनि धेरै जोगी-जोगिनी छन् l दिउसो सबै सबेरै उठेर माग्न जान्छौ l यो बहुलाई पनि कता जान्छे कुन्नि, बेलुका रात परे पछि जहिले पनि यही आइ पुग्छे l दिउसो मागेर लाएको कुरा बाँडेर खान्छौ l मलाई थाहा छैन एसले मलाई माया गर्छे कि मैले ऐसलाई माया गर्छु तर एक दिन यो आइन भने, तो रात मलाई केहि नभए जस्तो भान हुन्छ l म एक्लो अनुभब गर्छु l एसको मनको कुरा एसले बाहिर भन्दिन l हामी बिच दोहोरो बातचित हुदैन l र पनि एकै परिवार को जस्तो मिलेर बसेका छौ l हामी बिचको भाषा सब्दको होइन, सत्यको छ l अनुबाद को होइन अनुभब को छ l भाषा को आबस्यकता ब्यखा गर्न चाहिदो रहेछ, ब्याक्त गर्न होइन l हामी नबोलेरै एक अर्कोको भाबना बुज्छौ l एस्तो भाषा मानिसले मात्र होइन जनावर ले पनि बुज्छ l जो जस ले सच्चा प्रेम गर्छ चाहे तो मानिसलाई होस् वा जनवार लाई, इश्वोर लाई होस वा नश्वोर लाई होस्, आदि लाई होस् वा अन्त लाई होस्, तिनीहरुले मात्र यो भाषा बुज्छ्न् l यो भाषामा अमेरिकनले चाइनिज सित, जापानिजले नेपालीसित, पाकिस्तानी ले भारतीयसित राम्ररी कुरा गर्न सक्छन l गुरुङ ले मगर सित, यादब ले शेर्पा सित, झा ले कुसुवा सित, पण्डित ले बिस्वोकर्मा सित, ढकाल ले परियार सित धक नमानी यो भाषा बोल्न सक्छन l मैले सुनको, भगवान ले पनि यही प्रेमको भाषा मा मान्छे सित कुरा गर्नु हुन्छ अरे” l
जोगीको को कुरा सुनेर ललित सारै भावुक भयो , आँखामा आँसु रसाए l खोइ किन हो ललित को मन भारि भएर आयोl पाइन्ट को पछाडी गोजीबाट रुमाल निकालेर आसुँ पुछ्यो l “अनि यो बोल्दिन भन्छौ फेरी ऐसको नाम र ठाउँ र कसरी थाहा पायौ त नि”? , ललित ले रुन्चे स्वर मा फेरी सोध्यो l “तो त हजुर , प्राय यो एक्लै बोलि रहन्छे l म पनि ऐसको कुरा सुनेर बस्छु कहिलेकाहीँ l बोल्दा बोल्दै एसले कहिले आफ्नो बारेमा त कहिले आफ्नो घरको बारेमा भन्छे l ऐसको कुरा सुन्दा त यो ठुलै बिदुसी थिई जस्तो लाग्छ l कुरा गर्दा बहुलाई को जस्तो गर्दिन तर एक्लै बोल्छे , दिउसो कत- कता डुल्छे राति भएपछि फेरी यही आउँछे l
आफ्नै बारेमा यति धेरै कुरा गर्दा पनि बहुलाई केही नबोली अड़ैमा बसिरहेकी थिई l तेस्लाई देख्दा लाग्थ्यो एसले अरुले बोलेको सबै कुरा सुन्छे र बुज्छे तर पनि आफू बोल्दिन l न वा यो मान्छे सित सारै रिसाएकी छ , वा अरुले बोलेको कान सुन्दिन, वा एउटा छुट्टै खोज मा छ जहाँ दोहोरो बोल्दा आफ्नो खोज अरूले थाहा पाउलान भन्ने डर छ l ललित ले आफै अर्थ लगायो तर यहि हो भन्न उसले पनि एकिन लगाउन सकेन l“लौ त बाबाजी म ऐले जान्छु मिठो कहानी सुनाउनु भयो , धेरै धेरै धन्याबाद l मा पनि यतै कम्पास पढ्छु l भोलि पर्सि जागिर खाए भने तपाइलाई र यो बहुलाई लाई एक एक ओटा न्याना ब्लान्केट किनेर ल्याईदिउला, अहिलेलाई जान्छु” भन्दै ललित त्यहाँ बाट हिंड्यो l
ललित कोठा मा गएर सुत्न खोज्छ पटक्क निद्रा पर्दैन l मनमा अनेकन विचार आउछन् l कम्पास गेटकि बहुलाई र बिन्दबसिनी को जोगी, कस्तो अनौठो जोडी l कस्तो अनौठो प्रेम l ललित ले देखे र सोचेको भन्दा नितान्त फरक प्रेम थियो यी दुइजनाको l त्यो बहुलाई बोल्न सक्नी भैदिएक भए , ललित ले दया देखाऊ छ l अर्को कोल्टे फर्कन्छ , निदाउन खोज्छ निन्द्रा पर्दैन l बस्ताबमा तो नबोलेकै ठिक छ l बोल्नी हुँदि हो , सज्जन हुँदि हो त, यौन पिपासुहरु ले बलत्कारको सिकार हुनी थिई वा प्रसव बेदना सहेर असिम माया र ममता ले हुर्काएको छोरो ले उसलाई बिर्दाश्रम लएर फाल्दो हो l कुनै आफूनै नाता गोता पर्नीले पैसाको लोभ मा बम्बाई को कोठीमा लएर बेच्दो हो l सुत्केरी हुदाँ अस्पताल नजिक नभएर काठमांडू लैजादा लैजादै उसको मिर्तु हुदो हो l यस्तै-यस्तै कुरा ललित को मनभरि खेल्न थाल्छन l “ होइन, तेती राम्री छ, पढेकी जस्ती पनि छ, राम्रै जिबन हुन पनि त सक्थियो”l फेरी अर्को मनले सोच्छ ललित ले l आखिर फरक के नै छ र त्यति धेरै पढे पनि l पढेकी भए, सबैले ‘कति राम्री होउ’ भन्दा हुन् l उसमा पनि अरु भन्दा राम्री छु भन्नि घमण्ड आउदो हो l उसलाई उसको बाबाको इज्जत, आमाको रवाफ र दाजुभाइको सान जोगाउन पर्नी हुन्थ्यो l उस्ल्लाई मनपरेको मान्छे सित पनि बोल्न पाउनी थिईन l मनपरेको ठाउमा घुम्न त परै जावोस l मन मित्रका इच्छा र अकंछा लाई मन भित्रै दबाउन पर्नी थियो l गतिलो केटो सित बिबाह गर्नको लागि भए पनि बि.ए सम्म पढ्न पर्नी थियो l किनकि उसले राम्रो चित्र बनाउदैमा , राम्रो नाच्दैमा, मिठो गाउदैमा बा आमाले भने जस्तो ‘गतिलो’ केटो पाउन मुस्किल थियो l न चाहदा नचाहदै बि. ए पास गरिसक्दा जीवनका अमुल्य र उर्जावान समय बितिसकेको हुनिथ्यो l उमङ्ग, उत्साह र खुशिहरु कहिलै नफर्किने गरि गैसकेका हुनेथिए l तिनीहरुको ठाउमा, पिरोलो, दुखः , चिन्ता, नैरषता, डरले डेरा जमाई सक्थे l आफ्नो परिचय र अस्तित्वो गुमाएर ‘फलानिकी श्रीमती’ भनेर बाच्न पर्थ्यो l बरु सुधा नबोलेकै ठिक्क छ कमसेकम ऊ आफु मा त खुसि छे l ‘सज्जन भएर सधै पुरुषको ‘भान्से’ हुन् भन्दा बहुलाहि भएर स्वछन्द प्रकृति मा रमाउने ‘मान्छे’ हुन ठिक लाग्यो होला सुधा लाई l यस्तै यस्तै कुरा मनमा खेलाउदा खेलाउदै ललित भुसुक्क निदाउँछ l
प्रतिक्रिया