मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

टी-२० विश्वकप क्रिकेटको उपाधि वेष्टइण्डिजलाई

टी-२० विश्वकप क्रिकेटको उपाधि वेष्टइण्डिजलाई


काठमाडौं । इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै टी-२० विश्वकप क्रिकेटको उपाधि वेष्टइण्डिजको पोल्टामा परेको छ । 
 
खराब सुरुवात गरेको वेष्टइण्डिजले खेलको अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले वेष्टइण्डिजलाई टी-२० विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल भएका हुन् ।
 
अन्तिम ओभरमा वेष्टइण्डिजलाई १९ रन चाहीएकोअवस्थमा ब्रेथवेटले लगातार ४ छक्का हानेपछि २ बल बाँकी छँदै ब्रेथवेटले बाजी जित्न सफल भयो । उसका लागी मर्लोन सामुअल ८५ रनमा अविजित रहे भने ब्रेथवेटले अविजित ३४ रन बनाए ।
 
त्यस्तै ब्राभोले २५ जोड्न सफल भएका थिए । यसअघि टस हारेर बलीगं थालेको इंग्ल्याण्डले कुल २० ओभरमा ९ विकेट  गुमाउँदै १५५ रन जोडेको थियो । खेलको पाँचौं ओभरसम्म इंग्ल्याण्ड ३ विकेटको क्षतिमा २३ रनको स्थितिमा रहेको थियो । तर, त्यसपछि रुट र जस बटलरले इंग्ल्याण्डको इनिङ सम्हाले । रुटले ५४ रन तथा बटलरले ३६ रन बनाए ।
 
खेलको अन्तयरित डेभिड विलीले २१ रनको महत्वपूर्ण योगदान दिए । निकै उत्कृष्ट बलिङ र फिल्डिङ प्रदर्शन गरेको वेस्ट इन्डिजका लागि ड्वेन ब्राभो र क्रिस ब्राथवेटले ३–३ विकेट लिए । त्यस्तै स्यामुअल बद्रीले २ विकेट लिए ।
 
ईग्ल्याण्ड र वेष्ट इन्डिजको टी-२०मा यो १५औं भिडन्त हो । यसअघि भएका १४ मध्ये ९ खेलमा वेष्ट इन्डिजले जित हात पारेको छ, जसमध्ये ४ वटा विश्वकपका खेलहरु हुन् ।