मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुई वर्षसम्म यो सरकारलाई कसैले ढाल्न सक्दैन : पूर्वप्रधानमन्त्री नेपाल

दुई वर्षसम्म यो सरकारलाई कसैले ढाल्न सक्दैन : पूर्वप्रधानमन्त्री नेपाल


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधकुमार नेपालले वर्तमान सरकार अझै दुई वर्ष टिक्ने दाबी गर्दै यो सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन् । 
 
नेपाल ट्रेकिङ ट्राभल ¥याफ्टिङ एयरलाईन्स मजदुर युनियन (युनिट्राभ) अन्तर्गत एयरपोर्ट इलाका कमिटीको चौथो अधिबेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रियताको पक्षमा रहेको सरकारलाई कसैले ढाल्न नसक्ने बताए । 
 
यो सरकारले इतिहासमै उदाहरणीय काम गरेर देखाएको उनको दाबी थियो । नेपालले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा ३ चोटी प्रधानमन्त्री भइसक्नुभएको छ, उहाँ किन सरकारमा जानुप¥यो ? सरकार दुई वर्ष टिक्छ । संविधानको कार्यान्वयन पनि यही सरकारले गर्छ, स्थानीय निकायको चुनाव पनि गर्छ । कांग्रेसले पनि यही सरकारमा आएर सहयोग गर्नुस् ।’ 
 
पर्यटनको विकासका लागि हवाई क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएर एयरपोर्टभित्र सुधार गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् । एयरपोर्टका श्रमिकको नाममा ठेक्कामार्फत श्रमशोषण गर्ने ठेकेदारलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
 
कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले श्रम कानुनअन्तर्गत रहेर मजदुरलाई आफ्ना हक, अधिकारको माग गर्न आग्रह गर्दै बन्द, हड्तालको संस्कृतिलाई एमालेले नस्विकार्ने बताए ।
 
कार्यक्रममा जिफन्टका उपमहासचिव जनक चौधरीले यो सरकारले श्रम ऐन र सामाजिक सुरक्षा ऐन तुरुन्तै पास गरि श्रमिजिवी वर्गको भावनाको कदर गर्नुपर्ने र देशको रुपान्तरण गर्नुपर्ने बताए ।
 
यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले एक्काइसौं शताब्दीमा पनि ठेक्कामार्फत मानव बेचबिखन र श्रमशोषणको अन्त्य गर्नुपर्न बताए । उनले भने, ʽनेपाल एयरलाईन्समा ठेक्कापट्टाको सट्टा सिधा भुक्तानी गर्नेगरि श्रमिकको स्थायी नियुक्ति दिनुप¥यो । ‘संबिधानलाई चुनौति दिने खालका कम्पनीका विनियमावली खारेज हुनपर्यो । ठूलालाई चयन सानालाई ऐन भने जस्तो किसिमका विनियमावली तत्काल खारेज गरियोस् ।’ 
 
नेपालको एयरपोर्टको सुधार गरेर बढीभन्दा बढी पर्यटक ल्याउनुपर्ने उनको भनाइ थियो । चौथो अधिबेशनले उमेश अधिकारीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा लोकबहादुर थापा, सचिवमा राजकुमार राययादव, कोषाध्यक्षमा हेमन्त गौतमलाई चयन गरेको छ ।