मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्वकप फुटबल प्रतियोगिता छनोट खेलमा अर्जेन्टिनाले चिलीमाथि २–१ को जित

विश्वकप फुटबल प्रतियोगिता छनोट खेलमा अर्जेन्टिनाले चिलीमाथि २–१ को जित


२०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिता अन्तरगत दक्षिण अमेरिकाको छनोट खेलमा अर्जेन्टिनाले चिलीमाथि २–१ को जित निकालेको छ । 
 
यो जितसँगै कोपा अमेरिकाको फाइनलमा पेनाल्टी सुटआउटमा ब्यहोरेको हारको बदला अर्जेन्टिनाले चिलीकै घरेलु मैदानमा लिन सफल भएको हो । 
 
छनोट चरण अन्तरगत राउन्ड अफ फाइभको भिडन्तमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै अर्जेन्टिनाले रसिया जाने सम्भवनालाई बलियो बनाएको छ । 
 
 
खेलमा ग्युटिरेजको गोलमा ११ औं मिनेटमा चिलीले लिएको थियो । २० औं मिनेटमा अर्जेन्टिनाका लागि पिएसजीका मिडफिल्डर एन्जेलि डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 
 
त्यसको पाँच मिनेटमै अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसीको पासमा गाब्रियल मेर्काडोले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए । 
 
पहिलो हाफमा लिएको २–१ को अग्रतालाई अर्जेन्टिनाले दोस्रो हाफमा पनि कायमै राख्न सफल भयो । दोस्रो हाफमा चिलीले खेलमा फर्कने प्रयास गरेपनि घरेलु मैदानमै नतिजा अर्जेन्टिनालाई सुम्पन बाध्य भयो । 
 
यो जितपछि अर्जेन्टिना पाँच खेलबाट ८ अंक बटुल्दै चौथो स्थानमा छ । त्यसैगरि पराजित चिली भने समान खेलबाट ७ अंकसहित सातौं स्थानमा छ । 
 
दक्षिण अमेरिकाबाट विश्वकपमा जानका लागि चिलीले १३ अंक बटुल्दै शीर्ष स्थान कब्जा गरेको छ ।