मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अमेरिकामा नेपाली बास्केटबल प्रतियोगिता हुँदै

अमेरिकामा नेपाली बास्केटबल प्रतियोगिता हुँदै


ड्यालस (अमेरिका)– अल नेप्लिज ग्रुपको आयोजनामा र नेपाली समाज टेक्ससको सहयोगमा आउँदो मार्च २६ तारिकमा ‘अल नेप्लिज थ्री अन थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ ।
 
‘थ्री अन थ्री’ बास्केबटबल प्रतियोगिता सो दिन बिहान ८ देखि साझ ६ बजेसम्म आयोजना हुने आयोजक समितिले हिमालयखबर संगको कुराकानीमा  बताएको  छ । उक्त प्रतियोगितामा प्रथम हुने टीमलाई एकहजार पाँचसय र रनरअपलाई सातसय ५० डलर पुरस्कार दिइने जनाइएको छ । सो प्रतियोगिता आर्लिङटनस्थित रिक्रियस सेन्टरमा हुने भएको छ।
 
यसअघि पनि तीन पटक यस्तो प्रतियोगिता सम्पन्न भइसकेको छ । प्रतियोगितामा सहभागिताको लागि मार्च २३ सम्म फर्क बुझाइसक्नुपर्ने र सम्पर्कको लागि राम भण्डारी (फोन नम्बर ८१७–८८९–७४७७) मा सम्पर्क राख्न आयोजकले अनुरोध गरेका छन् ।