खेलकुद

अमेरिकामा नेपाली बास्केटबल प्रतियोगिता हुँदै

अमेरिकामा नेपाली बास्केटबल प्रतियोगिता हुँदै


ड्यालस (अमेरिका)– अल नेप्लिज ग्रुपको आयोजनामा र नेपाली समाज टेक्ससको सहयोगमा आउँदो मार्च २६ तारिकमा ‘अल नेप्लिज थ्री अन थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ ।
 
‘थ्री अन थ्री’ बास्केबटबल प्रतियोगिता सो दिन बिहान ८ देखि साझ ६ बजेसम्म आयोजना हुने आयोजक समितिले हिमालयखबर संगको कुराकानीमा  बताएको  छ । उक्त प्रतियोगितामा प्रथम हुने टीमलाई एकहजार पाँचसय र रनरअपलाई सातसय ५० डलर पुरस्कार दिइने जनाइएको छ । सो प्रतियोगिता आर्लिङटनस्थित रिक्रियस सेन्टरमा हुने भएको छ।
 
यसअघि पनि तीन पटक यस्तो प्रतियोगिता सम्पन्न भइसकेको छ । प्रतियोगितामा सहभागिताको लागि मार्च २३ सम्म फर्क बुझाइसक्नुपर्ने र सम्पर्कको लागि राम भण्डारी (फोन नम्बर ८१७–८८९–७४७७) मा सम्पर्क राख्न आयोजकले अनुरोध गरेका छन् ।

शेयर गर्नुहोस:

27
Shares