मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाल पुलिस र बीएमडब्लु फाइनलमा

नेपाल पुलिस र बीएमडब्लु फाइनलमा


चितवन । विभागीय टिम नेपाल पुलिस क्लब र भारतको बीएमडब्लु चितवनको पटिहानीमा सञ्चालन भइरहेको पद्मोदय अन्तर्राष्टिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
 
मंगलबार भएको सेमिफाइनल खेलमा विजयी हुँदै यी दुई टिमले उपाधि भिडन्त पक्का गरेका हुन् । अब उनीहरुले आज बुधबार दिउँसो १२ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
 
मंगलबारको पहिलो सेमिफाइनल खेलमा गतवर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । त्यस्तै दोस्रो सेमीफाइनलमा बीएमडब्लुले बंगलादेशको डब्लुडीबीलाई ३–१ ले नै पराजित गरेको हो ।
 
नेपाल पुलिसले एपीएफलाई २५–१८, २५–२१, १६–२५ र २६–२४ ले हरायो । लगातार दुई सेट जिते पनि तेस्रो सेट गुमाएको नेपाल पुलिस क्लबले चौथो सेटमा आफूलाई सम्हालेर जित हासिल गरेको थियो ।
 
दोस्रो सेमीफाइनलमा बीएमडब्लुले डब्लुडीबीलाई २५–१२, १९–२५, २५–१९ र २५–१७ को सेटमा पराजित ग¥यो । नेपाली दर्शकको भरपूर साथ पाए पनि बंगलादेशको टिमले जित हात पार्न सकेन । पहिलो सेट गुमाए पनि दोस्रोमा उत्कृष्ट पुनःआगमन गर्दै डब्लुडीबीले १–१ को बराबरी ग¥यो । तर, समान प्रदर्शन कायम राख्न नसकेपछि बंगलादेशले खेल गुमायो ।
 
पहिलो सेमीफाइनल हारेको एपीएफले दोस्रो सेमीफाइनल हारेको बंगलादेशसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
 
महाशिवरात्रिको अवसरमा आयोजित अन्तर्राष्ट्रिय भलिबलको फाइनल जित्नेले डेढ लाख पाउनेछ । दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने आयोजक पद्मोदय युवा क्लबका प्रवक्ता विकास कार्कीले जानकारी दिए ।
 
प्रतियोगिताको तेस्रो दिन मंगलबार नारी दिवसको अवसरमा चितवनको राष्ट्रपति रनिङ शिल्डको विजेता जानकी उच्च मावि र उपविजेता भीमनगर उच्च माविको महिला टिमबीच मैत्रीपूर्ण म्याच खेलाइयो । प्रतियोगितामा उपस्थित सांसद् विक्रम पाण्डेले पहिलो हुने जानकीलाई ५० हजार र भीमनगरलाई २५ हजार रुपैयाँ व्यक्तिगतरुपमा प्रदान गरे । साथै उनले आयोजक पद्मोदय युवा क्लबलाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरे ।
 
प्रतियोगिताको समापन भोलि पूर्वप्रधानमन्त्री झलनाथ खनालले गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए ।