मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाली क्रिकेटलाई निलम्बन गर्न सक्ने आईसीसीको चेतावनी

नेपाली क्रिकेटलाई निलम्बन गर्न सक्ने आईसीसीको चेतावनी


अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेटको विवाद तत्काल अन्त्य गरेर नेपाललाई निलम्बन गर्ने संकेत गरेको छ । क्रिकेट संघको विवाद लम्बिरहेका बेला आईसीसीले सम्वद्ध पक्षहरुलाई पत्र पठाएर कडा कदम
चाल्ने संकेत दिएको हो ।
 
आईसीसीका ग्लोबल डेभलोपमेन्ट प्रमुख टीम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघको  तदर्थ समितिका अध्यक्ष रमेश शिलवाल र निर्वाचनबाट चुनिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेललाई सम्बोधन गरेर पत्र पठाएका छन् ।
 
पत्रमा एन्डरसनले  नेपालको क्रिकेट संघ दयनीय अवस्थामा रहेको भन्दै नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
 
मंसिरको अन्तिममा राखेपको अनुमति बिना क्यानको एक समूहले चुनाव गरेर चतुरबहादुर चन्दको नेतृत्वमा बोर्ड बनाएको छ । तर, राखेपले त्यसलाई मान्यता नदिएर रमेश सिलवानको नेतृत्वमा तदर्थ समिति बनाएपछि विवाद सर्वोच्च  अदालतसम्म पुगेको छ । अदालतले अन्तिम निर्णय दिन बाँकी छ, जसका कारण क्यान अहिले बोर्डविहीन र सीईओको भरमा चलेको छ ।
 
स्रोतका अनुसार अदालत प्रक्रिया लम्बिएपछि चन्द समितिका महासचिव अशोकनाथ प्याकुरेलले एन्सडरसनलाई इमेल गरेका थिए ।