मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा भक्तमानविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डा भक्तमानविरुद्ध भ्रष्टाचार मुद्दा दायर


चितवन, २ फागुन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । 
 
डा. श्रेष्ठ अघिल्लो कार्यकाल अस्पतालको कार्यकारी निर्देशक थिए । श्रेष्ठविरुद्ध १ करोड ६७ लाख ५७ हजार एक सय रुपैयाँ माग दाबी गरिएको छ ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध पदमा बहाल रहँदा पदीय जिम्मेवारीको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
 
उनले अस्पतालमा सेवा प्रवेश गरेदेखि नै भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ । डा. श्रेष्ठको नारायणी सामुदायिक अस्पतालमा लगानी छ ।