मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाल १७ वर्षपछि साग फुटबलको फाइनलमा

नेपाल १७ वर्षपछि साग फुटबलको फाइनलमा


काठमाडौँ, १ फागुन । दक्षिण एसियाली खेलकुद (साग) फुटबलतर्फ नेपाल १७ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । 
 
भारतको गुवाहाटीमा भर्खरै सम्पन्न सेमीफाइनलमा माल्दिभ्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । 
 
नेपाललाई जित दिलाउन नवयुग श्रेष्ठले ह्याट्रिक गरे । त्यस्तै, अर्को गोल अञ्जन विष्टले गरेका थिए । विष्टले खेलको १५ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि लगातार आक्रामक खेल खेलेको नेपालका लागि श्रेष्ठले ३६ औँ मिनेटमा अग्रता दोब्बर पारे । 
 
बाउन्नौँँ मिनेटमा गोल गर्दै माल्दिभ्स खेलमा फर्कियो । खेलको ६५ औँ मिनेटमा नेपालका कमल श्रेष्ठले रातो कार्ड खाए । त्यसपछि ८५ औँ मिनेटमा गोल गर्दै माल्दिभ्सले बराबरीमा ल्यायो । खेल अतिरिक्त समयमा गयो । 
 
त्यसपछि खेलको १२० प्लस २ मिनेटमा लगातार गोल गर्दै नेपाललाई जित दिलाए । नेपाल सन् १९९९ मा घरमै भएको प्रतियोगितापछि पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । अब नेपालको उपाधि भिडन्त आयोजक भारतसँग हुनेछ । रासस