मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

यु १९ विश्वकप क्रिकेट : न्यूजील्याण्डविरुद्ध नेपाल ३२ रनले विजयी

यु १९ विश्वकप क्रिकेट : न्यूजील्याण्डविरुद्ध नेपाल ३२ रनले विजयी


चितवन, १४ माघ । बंगलादेशमा जारी यु १९ विश्वकप क्रिकेट अन्तरगत नेपालले पहिलो खेलमा टेष्ट मान्यता प्राप्त न्यूजील्याण्ड ३२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । 
 
निकै कठिन प्रतिद्धन्द्धी न्यूजील्याण्डलाई धेरै वर्षपछि पुनः यु १९ विश्वकप मै नेपालले पराजित गर्न सफल भएको हो ।   नेपालले दिएको २३९ रनको विजयी लक्ष्य पछ्याएको न्यूजील्याण्ड २०६ रनमात्रै जोड्न सक्यो ।
 
उसका लागि ग्लेन फिलिप्सले अर्धशतकिय पारी खेल्दै ५ चौका र एक छक्का प्रहारगरि ५२ रन बनाए भने जोस फिन्नी ३ चौकाको मद्धतमा ३७ रन बनाए । 
 
यस्तै डेल फिलिप्सले ४१ रन बनाए भने नाथन स्मीथले विस्फोटक व्याटिङले १३ बलमा २४ रन, फिन एलेन ११ र रचिन रिवन्द्र ४ रन बनाई आउट भए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३, प्रेम तामाङले दुई र सुनिल धमला र सन्दिप लामिछानेले एक÷एक विकेट लिए ।
 
यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट व्याटिङ गर्दै २३८ रन बनाएको थियो ।
 
प्रतियोगिताको पहिलो खेलमा कप्तान राजु रिजालले न्यूजिल्याण्डविरूद्ध अर्धसतक प्रहार गर्न चुकेका छन् । बंगलादेशको फतुल्लाहमा भइरहेको खेलमा नेपालका लागि रिजालले ६५ बल खेल्दै ६ चौका प्रहार गरी ४८ रन बनाएका छन् ।  यस्तै नेपालका लागि सन्दिप सुनारले ६० बल खेल्दै ३९ रन बनाएका थिए । 
 
उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै आरिफ शेखले पनि ३ चौका प्रहार गर्दै ३९ रनको योगदान दिए । यसैगरि राजविर सिंहले २४, दिपेन्द्र सिंह ऐरीले १६, सुनिल धमलाले १५, योगेन्द्रसिंह कार्कीले ६ रन बनाएका थिए । यस्तै कुशल भुर्तेल ३५ र प्रेम तामाङ ४ रनमा अवजित रहे ।
 
समूह डीमा रहेको नेपालले शनिबार आयरल्याण्डसँग खेल्नेछ । यस्तै नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आफ्नो समूहको अन्तिम खेलमा सोमबार खेल्ने छ ।  यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक राष्ट्र बंगलादेश र इङ्ल्याण्ड विजयी भएका थिए ।