मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सुस्ताएको एन आर एन र व्यूँतिएको एन एस टि

सुस्ताएको एन आर एन र व्यूँतिएको एन एस टि


गत वर्ष अमेरिकामा दुई ठूला नेपाली संस्थाहरुको चुनाव सम्पन्न भए । पहिलो गै्रह आवासीय नेपाली अमेरिका (एन आर एन) र दोस्रो नेपाली समाज टेक्सास (एन एस टि) । यी दुवै संस्थाहरुका चुनावले अमेरिका स्थित नेपालीहरुको ध्यान मनग्य तानेको थियो । हुनत अमेरिकामा यस्ता संस्थाहरु अरु प्रसस्त नभएका भने हैनन । तर संस्थाको इतिहास र सदस्य संख्याको आधारमा हुनपर्छ गत वर्ष यी दुवै संस्था अमेरिकाका नेपालीहरुको विच आर्कषणमा रहे ।
 
कुनै पनि संस्था जन्मनु नौलो कुरा हैन तर उक्त संस्थाले जनमानजमा खेल्ने भूमिका र पार्ने प्रभाव भने दूरगामी हुने गर्छ । त्यस्को प्रभावले समाजका प्रत्येक तहमा असर गर्छ । यहाँनेर यी दुवै संस्थाहरुको हकमा पनि यिनको मुख्य उद्देश्य भनेको अमेरिका स्थित नेपालीहरुको साझा कल्याणका लागी काम गर्नु हो । यीनै कुराहरुको हेक्का राख्दै दुवै संस्थाहरुको केही हल्का विश्लेषण गरौः 
 
गत वर्ष अप्रिलमा एन आर एन अमेरिकाको चुनाव वढो तामझामका साथ सम्पन्न भयो । एक त विश्वमा अमेरिकी एन आर एन आफै आर्कषक त्यसवाहेक यसले अन्य एन आर एनहरुलाई उछिन्दै सदस्यता संख्या दश हजार नघाएको थियो । जसलाई एन आर एन अमेरिका मात्र हैन यहाँ स्थित अन्य गै्रह आवासीय नेपालीहरुले पनि गौरव मानेका थिए।
 
तत्कालीन चुनावमा उम्मेद्धारहरुका तर्फवाट यहाँ स्थित नेपाली समाजमा विभिन्न नाराहरु लागेका थिए ।  उक्त चुनावमा विजयी उम्मेद्धारहरुले वाचा गरेका केही चर्चित नाराहरु निम्न छन :
 
पूर्ण स्वतन्त्र यानी गैर् राजनीतिक संस्था वनाउने, दोहोरो कर प्रणाली हटाउन पहल गर्ने पछाडि परेका वर्ग वा तप्काका व्यक्तिहरुलाई एन आर एन मा समाहित गर्न प्रयास गर्ने समूदाय हितका विभिन्न कार्यक्रमहरु गर्ने जस्तैः पर्दा र मर्दाका व्यक्तिहरु लाई सहयोग पुराउने नेपाली पुस्तकालय, नेपाली वालवच्चालाई पढाउने पाठशाला देखि मूर्दा घर वनाउने व्यवस्था आदि ) विद्यार्थि वर्गको लागी विशेष कार्यक्रम संस्कृति निरन्तरताका लागी विविध कार्यक्रम आदि आदि।
 
अझ यी नाराहरु त देखिएका मात्र हुन । अन्य विजयी एनआरएन व्यक्तिहरुले आफ्ना आफ्ना स्वार्थका लागी गरेका वाचाहरुको फेरिहस्त अझ लामै छ । नारालाग्नु त कुनै ठूलो कुरा भएन तर नारा लागे वमोजिम कामहरु भए भएनन ति महत्वपूर्ण हुन्छन । जुन उल्साह उमंगका साथ नयाँ एन आर एन गठन भएको थियो ठिक विपरीत यसको काम कारवाही ले भने सवैलाई चिन्तित तुल्याएको छ । किनकि एकाध नाराहरु वाहेक एन आर एन अमेरिकाले आफूले गरेका कुनै वाचाहरु आज सम्म पूरा गरेको अवस्था छैन ।
 
दुःखका साथ भन्न पर्दा वर्तमान एन आर एन अमेरिकाले केही नितिगत तहमा कामहरु गरे पनि अरु  यस्को काम कारवाही भने ज्यादै फितलो देखिन्छ । नेपालमा भूकम्प जादा गरेको केही सहयोग, सांगठनीक सुधारका लागी गरेको पहल अनि भारतीय नाकावन्दिका लागी गरेको पहलहरु वाहेक  देखिने अरु उल्लेखनीय कामहरु केही छैन । अझ अमेरिका स्थित नेपालीहरुको मानविय सुधारका लागी त सिन्का भाचिएको पनि देखिदैन । प्रश्न उठछ चुनावका वेला उठेको दोहोरो कर प्रणाली, नेपाली पुस्तकालय, नेपाली पाठशाला देखि मूर्दा घर वनाउने सम्मका वाचाहरु कहाँ गए ? त्यसका लागी के पहल भैरहेको छ ? के गर्दै छ एन आर एन अमेरिकाले यसका लागी ? सम्भवत आजका दिनमा एन आर एन अमेरिका संम्वन्धित व्यक्तिहरु कसैसंग पनि यसको उत्तर छैन। 
 
अझ विडम्वना त के भन्दा काम नहुनु एउटा पक्ष तर कामको शुरुवात का लागी पहल नै नहुनु अर्को चिन्ताजनक विषय भएको छ । यो आठ दश महिनाको मूल्याङक्नमा चुनावको वेलामा भएका प्रतिवद्धता प्रति वर्तमान एन आर एन को ध्यान पटकै गएको देखिदैन ।
 
यता एन आर एन अमेरिका सुस्ताइरहेको वेला गत महिना मात्र चुनाव भई कार्य प्रारम्भ गरेको ड्यालस स्थित नेपाली समाज टेक्सासले भने नेपालीहरुको मनमा केही उत्साह जगाएको छ । विहानीले दिनको संकेत गर्छ भने झै यस संस्था मार्फत चुनावका वेला उठाइएका कतिपय विषयहरुलाई चुनाव लगतै यस संस्था मार्फत सम्वोधन हुन थालेका छन । विशेषत आन्तरीक कार्यालय व्यवस्थापन देखि नेपाली भाषामा ड्राइभिङ्ग लाइसेन्सका लागी पहल अनि हालसालै स–साना विद्यार्थीका लागी नेपाली भाषा पाठशालाको स्थापना जस्ता समाजसेवी कार्यले धेरैको मनमा उत्साह थपियको छ । त्यसवाहेक   भूकम्पले तहस नहस पार्दा यस संस्था मार्फत जुन तदारुकताका साथ सहयोग वितरण कार्य भयो त्यो सारै् सहा्नीय थियो । हालै यस संस्थावाट जाडोमा कामेर वसेका भूकम्प पिडित पूरै एउटा गाउँलाई नै व्याङ्केट वितरण गरिएको थियो । नेपाली समाज टेक्सासको यस्तै उदाहरणीय कार्य स्वरुप टेक्सास र त्यस वरपरका नेपाली समाजहरुमा आजका दिनमा एन आर एन कम एन एस टि को प्रभाव जनमानसमा वढदै गएको देखिन्छ ।
 
त्यसो त नेपाली समाज टेक्सासको विगतको इतिहास हेर्दा भने ठाउँ ठाउँमा यो संस्था पनि नचुकेको चाही हैन । विशेषत यो भन्दा पूर्व कार्य समिति प्रति नेपालीहरुको ठूलै तितोपन रहयो । हालकै नेपाली समाज टेक्सासको कार्यसमितिले सुर्धान पर्ने विषयहरु पनि प्रसस्त छन । जसमा चुनावका वेला हालका अध्यक्ष कृष्ण लामिछानेले पटक पटक उहाँका प्रतिद्धन्द्धी विजय राज भट्टराई लाई साथमै लिएर हिडने वाचा गरेका थिए जुन आज सम्म पूरा भएको देखिदैन । त्यसवाहेक नेपाली समाज टेक्सासको सदस्यता संख्या वढाउनेमा पनि ध्यान गएको देखिदैन । भलै एकै महिनाको अन्तरालमा कुनै पनि संस्थाको कामलाई लिएर लेखाजोखा गर्न त्यति उपयुक्त नहोला तथापि यसप्रति पहलकदमी आवश्यक छ ।