मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाललाई तेइस वर्षपछि अन्तर्राष्ट्रिय उपाधि (फोटो फिचर/भिडियो सहित )

नेपाललाई तेइस वर्षपछि अन्तर्राष्ट्रिय उपाधि (फोटो फिचर/भिडियो सहित )


 
काठमाडौँ । नेपालले २३ वर्षको लामो अन्तरालपश्चात् अन्तराष्ट्रिय फुटबलको उपाधि हासिल गरेको छ । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि हासिल गरेको छ । उपाधिसँगै नेपाली टिमले ५० हजार अमेरिकी डलरसहित ट्रफी हात पारेको छ ।
 
यो जीत नै २३ वर्षपछि नेपालले जितेको अन्तर्राष्ट्रिय फुटबल उपाधि हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । ढाकामा भएको खेलमा नेपालले ५ औं मिनेटमा विमल घर्ती मगरले गोल गरेका थिए । विराज महर्जनको क्रसमा अन्जन विष्टले हेड गरेका थिए । उनको हेड बल बहराइनका गोलरक्षकले हाफ क्लियर गरे ।
 
रोमाञ्चक खेलको ८१ औं मिनेटमा दुबै टीम १० खेलाडीमा सीमित भए । नेपालका सुमन लामाले रातो कार्ड पाए । विक्रम लामा र बहराइनका खेलाडीबीच उत्पन्न विवादमा सुमन झगडा गर्न पुगेपछि उनी मैदानबाट बाहिरिए । 
 
अन्तिम समयमा नेपालले दोस्रो गोल गर्न सफल रह्यो । खेलको ८७ औं मिनेटमा अन्जन विष्टको उत्कृष्ट पासमा विशाल राईले गोल गरे । त्यसलगत्तै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई ३–० को शानदार जित दिलाए ।
नेपालको शानदार जितसँगै आलोचनाको शिकार भइरहेको नेपाली फुटबल टिमले आफ्नो साख बचाएको छ । बंगलादेशको बंगबन्धु रंगशालामा नेपालले २३ वर्षपछि बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको हो । नेपालले फाइनल खेलमा बहराइन यु २३ लाई ३–० ले पराजित गरेर अन्तर्राष्ट्रियस्तरमा नाम कमाएको छ । 
 
विमलले ५४ औँ मिनेटमा गोल हान्ने अर्को अवसर पाए पनि अवसरमा परिणत गर्न सकेनन् । तर सेमिफाइनलमा ‘ह्याट्रिक’ गरेका नवयुग श्रेष्ठ फाइनलमा विमलले सिर्जना गरेको अवसरलाई गोलमा साँट्न सकेनन् ।
 
खेलको ५५ औँ मिनेटमा पनि विमलले गोल गर्ने अवसर पाएका थिए, तर प्रहार सफल हुन सकेन ।  ८१ औँ मिनेटमा विक्रम लामाले रातो कार्ड पाएर मैदान छाडे । खेलको अन्त्यसम्ममा बहराइन पनि ९ खेलाडीमा सीमित हुन पुग्यो । 
 
 
२३ वर्षपछिको सफलता 
 
सन् २०११ र सन् २०१३ को साफ च्याम्पियनसिपमा सेमिफाइनल पुगेर पनि पराजित भएको नेपाली टोलीले त्यसयता राम्रो अवसर पाएन । सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा अफगानिस्तानसँग पराजित हुनअघि नेपालले भारतलाई ३–१ ले पराजित गरेको थियो । 
 
कप्तान सागर थापासहित सन्दीप राई र रितेश थापाजस्ता टोलीका नियमित खेलाडी म्याच फिक्सिङ काण्डमा मुछिएपछि नेपाली फुटबलमा संकटग्रस्त भएको थियो । 
 
एक महिनाअघि भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा श्रीलंका र भारतसँग पराजित हुदैँ नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपालको पराजयसँगै डच प्रशिक्षक असेम्सले राजीनामा दिए । 
 
त्यसपछि बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाल बंगलादेशमा खेल्न गएको थियो । नेपालले सेमिफाइनलसम्मको यात्रा गर्ने लक्ष्य रहे पनि च्याम्पियनसिप बन्ने मौका भने सोचेको थिएन । फोटो: फोटो फ़ाईल