मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा तीनको मृत्यु


इटहरी, १२ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको नर्सिङ गाविस–१ मा आज बिहान रोकिराखेको ना५ख ४८०४ नंं को यात्रुबसलाई पछाडिबाट आएको ना३ख ७९९० नं को मालवाहक ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा मोरङ मधुमल्लाका बसका सहचालक सन्तोष केसी, नर्सिङ–१ घर भएका ३५ वर्षीय हासिम मन्सुरी मियाँ र नर्सिङ–१ का ३२ वर्षीय खुशीद आलम छन् ।
 
आलमको जिल्ला अस्पताल इनरुवा ल्याइसकेपछि मुत्यु भएको हो । ट्रक चालक र ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । रासस