मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

हात्तीपोलोको उपाधि स्वीट्जरल्यान्डलाई

हात्तीपोलोको उपाधि स्वीट्जरल्यान्डलाई


परासी, ११ मङ्सिर । नवलपरासीमा जारी ३४ औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि स्वीट्जरल्यान्डको इएफजीले उचालेको छ ।
 
नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा आज भएको अन्तिम खेलमा नेपालको टाइगर टप्स टस्कर्सलाई ८–५ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डको इएफजीले ट्रफी आफ्नो कब्जामा पारेको हो ।
 
यही मङ्सिर ७ गतेबाट सुरु भएको प्रतियोगिता आज सकिएको छ ।
 
नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको खेलमा सात टोलीलाई पछि पार्दै इएफजीलले उपाधि जितेको हो ।
 
प्रतियोगितामा स्वीट्जरल्यान्ड, श्रीलङ्का, नेपाल, अमेरिका बेलायत, अस्ट्रेलियालगायतका आठ देशका खेलाडी सहभागी छन् । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् । रासस