मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी दर्ता


काठमाडौँ, १३ कात्तिक । उपराष्ट्रपति पदमा नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

व्यवस्थापिका–संसद् सचिवालय निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले आज बिहान १०.२५ मा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा सचेतक ईश्वरी न्यौपाने रहनुभएको छ ।

सचिवालयले आज बिहान १० बजेदेखि अपरान्ह १३ बजेसम्म उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउने निर्वाचन तालिका तोकिएको छ । सिराहा जिल्लावासी यादव काँग्रेसका पुराना नेता हुनुहुन्छ ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार यादवले हिमाल, पहाड तराईका जनताको बीचमा एकता र भातृत्वको भावनालाई आत्मसात् गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मुलुकमा देखिएको विद्यमान समस्यालाई समाधान गर्न विशेष पहल गर्ने र सबैलाई मिलाएर लैजाने धारणा राख्नुभयो । रासस