मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

आइसिसी विश्वकप क्रिकेट छनोट: नेपालले पपुवा न्युगिनीलाई हरायो

आइसिसी विश्वकप क्रिकेट छनोट: नेपालले पपुवा न्युगिनीलाई हरायो


काठमाडौँ, २८ असोज । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) को विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।


मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा आज भएको सो प्रतियोगितामा नेपाली युवा टोलीले पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।


टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीले दिएको ४९ रनको लक्ष्यलाई नेपालले खेलको ९।१ ओभरमा एक विकेट गुमाउँदै भेटायो । नेपालले गतिलो बलिङ गरेपछि पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी २८.२ ओभरमा ४८ रन जोड्दै अलआउट भएको थियो ।


प्रतियोगितामा सुनिल धमलाले अविजित २४ रनको योगदान दिए भने योगेन्द्र सिंह कार्कीले १६ तथा सन्दीप सुनुवारले ४ रन जोडे ।


प्रतियोगितामा पपुवा न्युगिनीका सुरुवाती नौ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेका थिएनन् । दशौँ नम्बरमा ब्याटिङ गर्न आएका न्यू टुवा ११ रनमा अविजित रहे । त्यस्तै ११औँ नम्बरमा ब्याटिङ गर्न आएका लोहिया गुवाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।


प्रतियोगितामा नेपालको बलिङतर्फ सुनिल घमलाले ५ विकेट लिए भने आरिफ शेख ३ तथा सुशील कँडेलले १ विकेट लिए ।


उक्त छनोट प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्यान्ड, युगान्डा र पपुवा न्युगिनी सहभागी छन् । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार युगान्डासँग प्रतिस्पर्धा गर्नेछ ।


यसअघि मलेसियामा भएको आइसिसी यु–१९ प्रिमियर लिगमा नेपाल उपविजेता भएको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने उन्नाइस वर्षमुनिको विश्वकप च्याम्पियनसिप खेल्न पाउनेछ । रासस