मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

गर्भवती हुनु जीवनकै दुःखद अनुभवः किम कार्डियासन

गर्भवती हुनु जीवनकै दुःखद अनुभवः किम कार्डियासन


एजेन्सी– स्टार किम कार्डियासन गर्भवती हुँदा गम्भीर बिरामी पर्ने गरेको यसअघि नै पुष्टि भएको छ । पहिलो सन्तान गर्भमा रहँदा उनलाई हाइपरटेन्सन लगायत गम्भीर समस्या परेको थियो । गर्भवती हुँदा उनको जीवन मरणको स्थितिमा पुगेकी थिइन् जसका कारण  शल्यक्रिया गरी समय नपुगी उनको बच्चा निकालिएको थियो ।
 
३५ वर्षीय यी स्टार अहिले दोस्रो पटक पनि गर्भवती भएकी छिन् । दोस्रोे बच्चा जन्माउन खोजे उनलाई झन् कठिन हुने कुरामा चिकित्सकहरुले त्यतिखेरै सचेत गराएका थिए । तर, त्यसको कुनै प्रवाह नगरी उनी फेरि पनि गर्भवती भइन् । अहिले भने किम  सुगरबाट पीडित भएकी छिन् । उनले फेरि पनि पहिला जस्तै समय नपुगी बच्चा जन्माउनपर्ने चिकित्सहरुले चेतावनी दिएका छन् ।
 
किपिङ अप वीथ कार्डिसियन नाम दिइएको एउटा सनसनीपूर्ण दृश्यमा किमले आफ्नी आमा क्रिस जिनर र बहिनी कउटेनीलाई आफ्नो स्वास्थ खतराप्रति बताएको देखाइएको छ ।
 
नियमित अल्ट्रासाउन्डपछि किमले आफ्ना परिवारलाई यसो भनेकी छिन्, ‘मेरो प्रजनन संरचनामा चिकित्सकहरुले बढी चलायमान भएको पाएका छन्, जसको अर्थ मलाई डायबिटिज भएको छ ।’ उनले भनिन् , ‘मेरो स्वास्थ्यमा फेरी समस्या देखिएको छ ।’
 
ठूलो पीडा भएसँगै किमले आफ्नो गर्भावस्थालाई सबैभन्दा खराब अनुभवको संज्ञा दिएकी छिन् ।
 
आफ्नो वेबसाइटमा उनले लेखेकी छिन, ‘गर्भवती हुनु मेरो जीवनकै सवैभन्दा खराब अनुभव हो । गर्भवती अवस्थालाई एक मिनेटपनि मैले रमाइलो मानिन । अन्य महिलाहरु गर्भवती हुँदा खुसी हुन्छन् भन्दा मलाई अचम्म लागेको छ । अहिले मलाई लाग्छ यो छाला मेरो आफ्नो होइन,’  उनी भन्छिन् ।
 
‘गर्भवती हुँदा महिलाहरुले आफ्नो सम्पूर्ण व्यथा भन्दैनन् । गर्भवती भएपछि सामान्यतया डायपर लगाउनपर्दो रहेछ । उफ मलाई कसैले भनेन ।’ उनले अगाडि भनिन् ।