काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारीमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको पदाधिकारी बैठकले मुलुकको अखण्डता तथा राष्ट्रिय एकताका लागि अध्यक्ष ओलीलाई समर्थन गर्ने निर्णय भएको सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले नयाँ सरकारमा पार्टीले साझेदारीका रुपमा सम्मानजनक सहभागिता जनाउने निर्णय गरेको छ ।
व्यवस्थापिका–संसद्मा सो पार्टीका २५ सांसद छन् । आइतबार हुने मतदान प्रक्रियामा प्रधानमन्त्रीका उम्मेदवारका रुपमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष ओली प्रतिस्पर्धामा हुनुहुन्छ । रासस
प्रतिक्रिया