मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरभित्र भेटिए योनीका २१ टुक्रा, बन्दुक पसले पक्राउ

घरभित्र भेटिए योनीका २१ टुक्रा, बन्दुक पसले पक्राउ


महिला यौनांगको २१ वटा टुक्रा घरभित्र राखेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । डेनमार्कका ती पुरुषाई दक्षिण अफ्रिकामा पक्राउ गरिएको हो ।
 
प्रहरीले बिहिबार ती मानिसलाई उनी बसेको घरबाटै पक्राउ गरेको छ । उनको घरबाट प्लास्टिकको झोलाभित्र फ्रिजमा राखिएको अवस्थामा महिलाको योनीका २१ वटा टुक्रा बरामद गरिएको छ ।
 
प्रहरकिा अनुसार ती व्यक्तिका घरमा विभिन्न चिकित्सा उपकरणका साथै मानिसलाई बेहोस पार्न प्रयोग गरिने चिजहरु पनि भेटिएका छन् ।
 
५८ वर्षका ती पुरुषको नाम खुलाइएको छैन । ती पुरुषबाट पीडित बनेकी एक महिलाले प्रहरीलाई खबर गरेपछि घटनाको खुलासा भएको हो । प्रहरीले ती व्यक्तिबाट पीडित भएका अन्य महिलालाई पनि उजुरी गर्न आग्रह गरेको छ ।
 
सोमबार ती व्यक्तिलाई अदालतमा उपस्थित गराइनेछ । उनीमाथि यौनिक आक्रमण गरेको अभियोग लागेको छ ।
उक्त व्यक्तिले महिलाहरुको योनी काटेर किन निकाल्ने गरेको हो भन्ने कारण भने खुलेको छैन । त्यस्तै ती २१ वटा टुक्रा २१ वटै फरक फरक महिलाका हुन् की होइनन् भन्ने पनि खुलेको छैन । ती मानिसले महिलाका योनीका टुक्रा कसरी निकालेका हुन् भन्ने पनि पत्तो लाग्न सकेको छैन भने ती जिवित वा मृत महिलाका योनीका टुक्रा हुन् भन्ने कुरा पनि प्रष्ट भएको छैन ।
 
स्मरण रहोस् ती ती डेनिस पुरुषले ब्लोम्फोन्टेन सहरमा बन्दुकको पसल संचालन गर्दै आएका छन् ।