मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

लेवान्डोस्कीले गरे ९ मिनेटमा ५ गोल

लेवान्डोस्कीले गरे ९ मिनेटमा ५ गोल


काठमाडौँ, ६ असोज – जर्मन क्लब बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले नौ मिनेटमा पाँच गोल गरेका छ। 
 
बुन्डेस लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लेवान्डोस्कीले नौ मिनेट भित्रमा पाँच गोल गरेर बार्यन म्युनिखलाई ५-१ को जित दिलाए। लेवान्डोस्कीले उल्फबर्गसँगको खेलमा ५१, ५२, ५५, ५७ र ६० औं मिनेटमा गरी नौ मिनेट भित्र पाँच गोल गरेका हुन्। पहिलो हाफमा १-० ले पछि परेको बार्यनका लागि थियगो अल्कानटाराको सट्टा मैदान छिरेका लेवान्डोस्कीले लगातार पाँच गोल गरेर सानदार जित दिलाए। 
 
मैदान छिरेको ६ मिनेटपछि पहिलो गोल गरेका लेवान्डोस्कीले पहिलो गोल गरेको नौ मिनेट भित्र थप चार गोल गरे। योसँगै लेवान्डोस्की बुन्डेस लिगामा सबै भन्दा छिटो पाँच गोल गर्ने खेलाडी बनेका छन्। जितपछि बार्यन म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्यन म्युनिखको ६ खेलबाट १८ अंक भएको छ भने दोस्रो स्थानको बोरुसिया डर्ट मुण्डको पाँच खेलबाट १५ अंक छ। एजेन्सी