मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

चेल्सीका स्टाइकर कोस्टामाथि तीन खेलको प्रतिबन्ध

चेल्सीका स्टाइकर कोस्टामाथि तीन खेलको प्रतिबन्ध


इंग्लिस क्लब चेल्सीका स्टाइकर डिएगो कोस्टामाथि तीन खेलको प्रतिबन्ध लागेको छ।  
 
खेलको क्रममा विपक्षी टिमका खेलाडीमाथि हिंसात्मक व्यवहार देखाएको भन्दै फुटबल एशोसिएसन एफएले कोस्टामाथि तीन खेलको प्रतिबन्ध लगाएको हो। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएको शनिबार राति भएको खेलमा कोस्टाले आर्सनलका खेलाडी लरेन्ट कसिएल्नीमाथि हिंसात्मक व्यवहार गरेको तथा कोस्टा र आर्सनलका गेब्रियलबीच मैदानमै झगडा भएको थियो। 
 
एफएले यो घटनामा कोस्टासँग स्पष्टी करण मागेको थियो। कोस्टाले आरोप अस्वीकार गरेपनि एफएले उनीमाथि तीन खेलको प्रतिबन्ध लगाएको हो। कोस्टाले खेलको ४३ औं मिनेटमा बल नियन्त्रणमा लिने क्रममा आर्सनलका खेलाडी कसिएल्नीलाई हातले धकेलेर भूइँमा लडाएका थिए। यो घटना रेफ्रिले नदेखे पनि भिडियो फुटेजमा देखिएको एफएले जनाएको छ। 
 
कोस्टाले अब लिग कप फुटबलमा बुधबार हुने वालसलसँगको खेल तथा प्रिमियर लिगमा न्युक्यासल र साउथह्यामप्टन विरुद्धको खेल गुमाउने छन्। शनिबार रातिको खेलमा कोस्टासँग झगडा गरेर रातो कार्ड पाएका आर्सनलका गेब्रियलमाथिको तीन खेलको प्रतिबन्ध हटेको छ। गेब्रियलले गरेको अपिल एफएले स्वीकार गरेको हो। प्रिमियर लिग अन्तर्गत गएको शनिबार राति भएको खेल चेल्सीले २-० ले जितेको थियो। एजेन्सी