मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

विर्यसँग आइफोनकेा सट्टापट्टा : विर्यदान गरे आइफोन सिक्स एस सित्तैमा पाइने

विर्यसँग आइफोनकेा सट्टापट्टा : विर्यदान गरे आइफोन सिक्स एस सित्तैमा पाइने


एप्पलले हालै दुइ नयाँ आइफोन सार्वजनिक गर्यो । अमेरिकामा त्यसको प्रिअर्डर सुरु भैसकेको छ र पि्रअर्डर गर्नेको संख्या अहिलेसम्मकै किर्तिमानी भएको बताइएको छ । नयाँ आइफोन सिक्सको यो लोकप्रिरयतालाई क्यास गर्नका लागि चीनमा भने एक शुक्रकिट बैंकले अनौठो अफर ल्याएको छ ।
 
चीनको एक शुक्रकिट बैंकले विर्यदातालाई रोचक अफर सार्वजनिक गरेको छ । जस अनुसार उक्त शुक्रकिट बैंकमा शुक्रकिट दान गरे बापत आइफोन सिक्स एस किन्ने नगद रकम पुरस्कार दिइनेछ ।
 
चिनिया पत्रिका चियांगजांग टाइम्सका अनुसार सांघाइको रेनजी अस्पतालको शुक्रकिट बैंकले विर्यदान अभियानलाई लोकप्रिय बनाउन तथा धेरै भन्दा धेरै पुरुषहरुलाई विर्यदानका लागि प्रेरित गर्नका लागि शुक्रकिटलाई आइफोन सिक्स एस सँग जोड्ने कोसिस गरेको हो ।
 
अस्पतालले आफ्नो अनलाइन पोष्टमा लेखेको छ : तपाइँलाई आफ्नो मृगौला बेच्नु आवश्यक छैन । सजिलै सँग आइफोन सिक्स एस पाउन सक्नुहुन्छ ।
 
उक्त पोष्टमा आइफोनको तस्वीर राखेर अगाडि लेखिएको छ : यदि कोही व्यक्ति जो पूर्ण स्वास्थ्य परीक्षणबाट उत्तीर्ण हुन्छ र नियमित रुपमा विर्यदान गर्दछ उसलाई आइफोन खरीद गर्नका लागि आवश्यक ६ हजार युआन अर्थात् ९४० डलर पुरस्कार दिइने छ ।
 
स्मरण रहोस् चीनमा आइफोनका प्रति निकै अनौठो क्रेज छ । त्यहाँका मध्यमवर्गीय तथा न्यून आय भएका मानिसहरुले आइफोन किन्नका लागि अंग बेच्ने गरेका तथा युवतीहरुले बलात्कृत भएर भएपनि आवश्यक रकम जुटाउने गरेका खबर बेलाबेलामा आउने गर्छन् , सन् २०१२ मा आइफोनको नयाँ मोडेल बजारमा आउँदा बेइजिंगमा ठूलो संख्यामा ग्राहकहरु जम्मा भएपछि सुरक्षाको कारण देखाउँदै सरकारले आइफोनको बिक्रि नै रोकिदिनुपरेको थियो ।