मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

मेक्सिको र अर्जेन्टिना मैत्रिपूर्ण फुटबलमा २ -२ गोल बराबरी

मेक्सिको र अर्जेन्टिना मैत्रिपूर्ण फुटबलमा २ -२ गोल बराबरी


२३ भदौ, काठमाडौं । खेलको अन्तिमतिर सर्जिओ एग्युरो र लिओनल मेस्सीले गोल गरेपछि अर्जेन्टिना मेक्सिकोसँगको मैत्रिपूर्ण फुटबलमा हारबाट जोगिएको छ ।
 
डालसमा भएको खेलमा २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिमतिर पुनरागमन गर्दै बराबरी खेलेका हो ।
खेलमा मेक्सिकोको १९ औं हर्नान्डेजको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ७० औं मिनेटमा हरेराले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे ।
 
७६ औं मिनेटमा कार्लोस टेभेजको स्थानमा सर्जिओ एग्युरो मैदान प्रवेश गरे । 
 
८५ औं मिनेटमा एग्युरोले गोल गरे । निकै अघि बढेका मेक्सिकोका गोल किपरलाई विट गर्दै लाभाजीले दिएको पासमा उनले गोल गरेका हुन् ।
 
खेलको ८९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई हारबाट बचाए । एग्युरोको पासमा उनले गोल गरेका हुन् ।