मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुलुकलाई कमजोर बनाउने सुनियोजित काम भइरहेको छस्राष्ट्रकवि घिमिरे

मुलुकलाई कमजोर बनाउने सुनियोजित काम भइरहेको छस्राष्ट्रकवि घिमिरे


काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली जनताले लामो प्रतीक्षापछि लोकतान्त्रिक संविधान पाउन लागेको बेला सामाजिक सद्भाव बिथोल्ने गरी भएका क्रियाकलापको तत्काल अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । 
 
लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बि २ को पहिलो क्याबिनेट बैठक तथा क्याबिनेट अफिसरहरुको पदस्थापना समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले हालै टीकापुरलगायत देशका विभिन्न ठाउँमा भएका नृसंस हत्या र विध्वंसले सम्पूर्ण नेपालीको हृदय छियाछिया बनाएको छ भन्नुभयो ।
 
उहाँले प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधता र सामाजिक सौहार्दता भएको मुलुकलाई योजनाबद्ध रुपमा अस्थिर र कमजोर तुल्याउन खोजिएको बताउनुभयो ।
 
मानव सेवा र राष्ट्र निर्माणमा लायन्सले पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै राष्ट्रकवि घिमिरेले आफूलाई गरिएको सम्मान सम्पूर्ण कविको सम्मान रहेको र यसले आफूलाई अझ साहित्य सिर्जनामा लाग्न उत्प्रेरित गरेको बताउनुभयो । लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले मानव जीवन महत्वपूर्ण अवसर भएकाले यसलाई अर्थपूर्ण बनाउन लायन्सको मार्गदर्शनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
 
सो अवसरमा साहित्य सिर्जनामार्फत राष्ट्र, राष्ट्रियता र नेपाली जनताको गरिमालाई उँचो गराउनुभएका राष्ट्रकवि घिमिरे र लायन्सवादको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान राख्न सफल लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक खेतानलाई सम्मानित गरिएको थियो ।
 
लायन्सका डिस्ट्रिक गर्भनर डिके ढुङ्गानाले मुलुकको शान्ति, सम्वृद्धि र जनताको समुन्नतिका लागि लायन्समार्फत विभिन्न रचनात्मक कार्यहरु गरिएको बताउनुभयो । सो अवसरमा चिन्तक चिन्तामणि योगीले सफल जीवनयापनका लागि अपनाउन सकिने ती ज्ञानका बारेका प्रवद्र्धन दिनुभएको थियो ।
 
कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ३२५ बि २ का उपाध्यक्षद्वय घनश्याम भट्टराई र मधुसुदन शर्मा तथा सचिव कृष्णहरि थापाले पनि हालैको भूकम्पमा लायन्स क्लबले गरेको राहत, निकट भविष्यमा एक हजार घरको निर्माण गर्न लागिएको बताउनुभयो । 
क्लबमा आबद्ध विभिन्न क्लबका करिब ८०० लायन्सको सहभागिता रहेको सो समारोहमा विभिन्न अफिसरहरुलाई पदस्थापन गरिएको थियो । रासस