मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

मलेसियासँग ८ विकेटको जितसँगै नेपाल उपाधि होडमै

मलेसियासँग ८ विकेटको जितसँगै नेपाल उपाधि होडमै


काठमाडौँ, १४ भदौ । मलेसियाको वायुमास क्रिकेट ग्राउन्डमा भएको १९ वर्षमुनिको एसिसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध ८ विकेटको जित हात पारेको छ । 
 
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३८ ओभरमा अलआउट हुँदै सामान्य ७५ रनको योगफल तयार पा¥यो । मलेसियाले दिएको सामान्य लक्ष्य नेपालले १४.४ ओभरमा विकेट गुमाउँदै भेटाएको थियो । 
 
उसका लागि पवन्दीप सिंहले ७२ बलको सामाना गर्दै सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै मलेसियाका लागि शङ्कर सतिस १३ र विमलान पालानिन्दी १२ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क रन जोड्न सकेनन् । यसका ८ ब्याट्सम्यान १० भन्दा कम रनमा आउट गर्ने क्रममा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । मलेसियाले तयार पारेको लक्ष्यमा १३ अतिरिक्त रन समावेश थियो । 
 
नेपालको बलिङतर्फ आरिफ शेखले १० ओभरमा ३ मिडेन राख्दै १८ रन खचेर सर्वाधिक ४ विकेट लिए । अन्त्यमा दीपेश श्रेष्ठ र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट तथा सुशील कँडेलले एक विकेट हात पारे । 
 
नेपालको ब्याटिङतर्फ ४० बलको सामना गरेका आशिष धामीले ६ चौका प्रहार गर्दै सर्वाधिक ३८ रन जोडे । त्यस्तै ३३ रन जोडेका राजवीर शिंह भने पवन्दीप सिंहको बलमा क्याचआउट भए । नेपालका सुनिल धमला सहिद अजिजको बलमा एलबिडब्लु धरापमा परे । आजको खेलमा मलेसियासँगको जितसँगै नेपालले उपाधिमा आफ्नो उपस्थिति बलियो हुनेसमेत सावित ग¥यो । रासस