मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता बन्यो

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता बन्यो


बंगलादेशलाई पराजित गर्दै नेपाल पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलमा समूह एको विजेता बनेको छ ।
सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 
 
जितसँगै ६ अंक जोडेको नेपाल समूह विजेता बन्यो । यसअघि नै सेमिफाइनल पुगेको बंगलादेश उपविजेता बनेको छ ।
 
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले ११ औं मिनेटमा रोहित सरकारको गोलबाट अग्रता लिएको थियो । तर, १८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । 
 
त्यसअघि बिमल घर्ती मगरको प्रहार बंगलादेशका गोलरक्षकले मुस्किलले बचाका थिए ।
 
दोस्रो हाफमा बंगलादेशले खेलमा केही सुधार ल्याएको थियो । तर, ६४ औं मिनेटमा नेपालका सुनिल बलको प्रहार केही बाहिर रहृयो ।