मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई लगभग २५ सय मूल्य बराबरको सुविधा

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई लगभग २५ सय मूल्य बराबरको सुविधा


सुबिसु केवलनेटले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई सम्मान स्वरूप इन्टरनेट तथा डिजिटल केबल टिभि सेवा ‘क्लियर टिभि’सेवा प्रदान गरेको छ ।
 
जस अन्तर्गत १ एमबिपीएस अनलिमिटेड ब्रोडब्याण्ड इन्टरनेट र क्लियर टिभि को प्रिमियम प्याकेज रहेको सुविसुले जनाएको छ।
 
सुबिसुका  कार्यकारी अधिकृत बिनय मोहन साउद तथा बोर्डका सदस्यहरुले सो सेवा  नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई हस्तान्तरण गरेका हुन्।
 
कार्यक्रमलाई सम्बोधन गर्दै सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले भने, ‘देशको  खेल जगतलाई प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय समुदायमा देशको पहिचान बनाउन सफल हुनुभएका हाम्रा राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई सुबिसुको ईन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। 
 
हामी विश्वास गर्छौ,  खेलमा त्यस्तो शक्ति हुन्छ जसले देशभरिका  सबै जनतालाई एक्यबद्ध गर्छ।’
नेपाली राष्ट्रिय टीमका १३ जना खेलाडी र प्रशिक्षक विनोद दास, टेक्निकल एनालिस्ट रमण शिवाकोटी र राष्ट्रिय अम्पायर विनय झालाई सुबिसुले एक वर्षका लागि यो सुविधा दिएको हो।
 
खेलाडीले लगभग २५ सय मूल्य बराबरको सुविधा पाएको सुविसुले जनाएको छ। सुविधा पाउनेहरूमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, नरेश बुढायर, सागर पुन, करण केसी, अनिल मण्डल, सुवास खकुरेल, पृथु बास्कोटा र अविनाश कर्ण छन्।