मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

म्यानचेस्टर सिटीद्वारा चेल्सी ३-० गोल अन्तरले पराजित

म्यानचेस्टर सिटीद्वारा चेल्सी ३-० गोल अन्तरले पराजित


 ३१ साउन– प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
 
३१ औं मिनेटमा सिटीका लागि सर्जियो अक्युरोले पहिलो गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको सिटीका लागि दोस्रो हाफमा भिन्सेन्ट कोम्पानी र फर्नान्डिनोले गोल गरेका थिए। सिटीको यो लगातार दोस्रो जित हो।
 
पहिलो खेलमा पनि सिटीले वेस्टब्रुमलाई ३–० ले नै पराजित गरेको थियो। सिटीको घरेलु मैदानमा भएको खेलमा चेल्सी सुरु देखि नै दबाबमा खेलीरहेको थियो।
 
चेल्सीका लागि भने सो सिजनको सुरुवात निकै नराम्रो सावित भइरहेको छ। पहिलो खेल स्वान्सेसँग बराबरी खेलेको थियो।
 
यस्तै आइतबार नै भएको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भएको छ।