मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छोरीका लागि बाबु नै असुरक्षित भएपछि….

छोरीका लागि बाबु नै असुरक्षित भएपछि….


चितवन । आफू सानै छँदा आमा पहिलो घर छाडेर दोस्रो बिहे गरी बलबहादुर विकसँग हिँडिन् । सानै भएकाले छोरी साथमा लिएर आमा हिँडेकी थिइन् । तनहँु जिल्ला घर भएका ५३ वर्षका बलबहादुरसँगको केही वर्षको बसाइँपछि आमा धन कमाउन विदेश लागिन् । घरमा झड्केलो बाबु र छोरीमात्र भए । 
 
कोपिला (नाम परिवर्तन)लाई जन्म दिने आमा विदेशिएपछि थप सहारा र अभिभाकत्वको खाँचो थियो । सोही अपेक्षाअनुसार उनी जन्म दिने आमाले दोस्रो बिहे गरी आएका बाबुसँग बस्न थालिन् । आमाले यही हो हाम्रो परिवार, उनै हुन तिम्रो बुबा भनी छोडी विदेश गएकी थिइन् । उनी पनि केही समय यी नै बाबुसँग रमाउन बस्न थालिन् । अकस्मात उनको जीवनमा नसोचेको घटना भयो । 
 
आमा धन कमाउन विदेशिएपछि उनको जीवनमा फरक घटना भयो । अभिभावकबाट संरक्षण पाउँदै पढ्दै अघि बढने उमेरमा झनै ती नै अभिभावकबाट बलात्कारको शिकार बन्नुपरेको घटना अहिले सार्वजनिक भएको छ । आमाले छनौट गरेको घर कोपिलाका लागि नर्कसमान भएको छ । 
 
कोपिलाको जीउमा रंग चढ्दै गएपछि आफ्नै बाबुले राक्षसी रुप धारण गरे । कर्म दिने बाबुबाटै उनी यौन शोषणमा पर्न थालिन् । उनको नाइँनास्ती र आँसुको कुनै मतलब नराखी यौन पिपासु बाबुले उनीमाथि नियमित यौन शोषण गरिरहे । 
 
परिमाणतः कोपिला आफ्नै बाबुबाट गर्भवती भइन् । उमेर भर्खर १४ टेकेकी उनी गर्भवती भएपछि बाबुको मनमा ठूलो भुँइचालो गयो । नातागोता र गाउँ घरकाले कुनै पत्तो नपाउन भनी उनले केही दिनअघि चितवन भरतपुरस्थित एक निजी अस्पतालमा ल्याई गर्भपतन गराए । 
 
प्रहरीको भनाइअनुसार बालिकाले गर्भपतन गर्न पनि मानेकी थिइनन् । तर बाबुले जबरजस्ती गरी छाडे । प्रहरीसँगको प्रारम्भिक बयानमा कोपिलाले बाबुले जबरजस्ती करणी र जबरजस्ती गर्भपतन गराएको बताएकी एक प्रहरी अधिकृतले जानकारी दिए । गर्भपतन गराउँदा ३ महिनाको गर्भ रहेको ती बालिकाले प्रहरीसँग बताएकी छन् ।  
 
बलात्कार घटना तनहुँ जिल्लामा भएका हुनाले बाबु बलबहादुरविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । जबरजस्ती गर्भपतन चितवनको अस्पतालमा भएकाले चितवन प्रहरीले यहाँ गर्भपतनसम्बन्धी मुद्दा दर्ता गरेको छ । आमा अझै विदेशमै रहेकी छन् । 
 
‘मानिसमा संवेदना भन्ने चिज हराइसकेको छ, अधिकारकर्मी अधिवक्ता फूलमाया रानाभाटले भनिन्, ‘मानिसले मानिसलाई मानिसजस्तो व्यवहार गर्न छाडेपछि समाजमा विकृति भित्रिएको छ ।’