मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाल समूह विजेता बन्दै साफ यु–१६ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल समूह विजेता बन्दै साफ यु–१६ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा


काठमाडौं, श्रावण २९ । नेपाल समूह विजेता बन्दै साफ यु–१६ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
 
समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुग्नेक्रममा शुक्रबार दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १–० ले पराजित गर्‍यो । बंगलादेशको सिलेटमा भएको खेलमा नेपालले गोल गर्ने थुप्रै अवसर खेरफाले पनि ४७औं मिनेटमा क्षितिज राजले निर्णायक गोल दिलाए ।
 
यसअघि, नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो ।
 
शुक्रबारको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । नेपालले सेमिफाइनलमा आइतबार भारतसँग खेल्ने भएको छ ।
 
यसैगरी, दोस्रो सेमिफाइनलमा अर्को समूहको विजेता बंगलादेश र अफगानिस्तान भिड्ने छन् । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा माल्दिभ्स र श्रीलंका समूह चरणबाटै बाहिरिएका छन् ।