खेलकुद

नेपाल समूह विजेता बन्दै साफ यु–१६ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल समूह विजेता बन्दै साफ यु–१६ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा


काठमाडौं, श्रावण २९ । नेपाल समूह विजेता बन्दै साफ यु–१६ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
 
समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुग्नेक्रममा शुक्रबार दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १–० ले पराजित गर्‍यो । बंगलादेशको सिलेटमा भएको खेलमा नेपालले गोल गर्ने थुप्रै अवसर खेरफाले पनि ४७औं मिनेटमा क्षितिज राजले निर्णायक गोल दिलाए ।
 
यसअघि, नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो ।
 
शुक्रबारको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । नेपालले सेमिफाइनलमा आइतबार भारतसँग खेल्ने भएको छ ।
 
यसैगरी, दोस्रो सेमिफाइनलमा अर्को समूहको विजेता बंगलादेश र अफगानिस्तान भिड्ने छन् । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा माल्दिभ्स र श्रीलंका समूह चरणबाटै बाहिरिएका छन् ।

शेयर गर्नुहोस:

0
Shares