मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

बिरालोको गुहुबाट बन्छ विश्वको सबैभन्दा महंगो कफी !

बिरालोको गुहुबाट बन्छ विश्वको सबैभन्दा महंगो कफी !


इण्डोनेसिया । विश्वको सबैभन्दा महंगो कफी को नाम हो कोपी लुवाक । इण्डोनेसियाको मनिला कफी हाउसले उत्पादन गरेरे बेच्ने यो बहुमुल्य कफी केबाट तयार गरिन्छ होला ? सुन्नुभयो भने तपाइँ झसंग हुनुहुनेछ, किनकि यो कफी जंगली जनावरको दिसाबाट बनाइन्छ ।

Catजनावरको दिसाबाट पनि कफी ? अनि त्यो पनि दुनियाकै महंगो ? हो, पाम सिभेट भनिने जंगली बिरालोको दिसाबाट तयार पारिने यो कफीको मूल्य एक किलोको ७ सय अमेरिकी डलर अर्थात् ७० हजार रुपैयाँ पर्छ ।

वास्तवमा बिरालोबाट हगाइएको सबै गुहुबाट कफी बनाइने चाहीँ होइन । बिरालोको दिसामा हुने कफीका बियाँलाई केलाएर, ती बियाँलाई सफा गरेर ती बियाँबाट मात्र कोपी लुवाक बनाइन्छ । एजेन्सी